प्रमुख समाचार Wednesday, 29 May, 2024
Prestige Media

तीन वर्षमा विदेश रोजगारीमा गएका चार हजार नेपाली श्रमिकको मृत्यु

काठमाडौं– आर्थिक वर्ष २०७७÷७८ देखि २०७९÷८० सम्म विदेश रोजगारीमा गएकामध्ये चार हजार ३५ नेपाली श्रमिकको मृत्यु भएको विवरण वैदेशिक रोजगार बोर्डको तथ्यांमा उल्लेख छ। बोर्डका सो अवधिमा ८७० जना अंगभंग तथा बिरामी भएका छन्। गत तीन वर्षको श्रमिकको मृत्यु दर विश्लेषण गर्दा २०७७÷७८ को तुलनामा २०७८÷७९ मा पाँच प्रतिशत वृद्धि भएको र २०७८÷७९ को तुलनामा २०७९÷८० मा एक प्रतिशत घटेको छ।
त्यस्तै, अंगभंग तथा बिरामी श्रमिकको दर २०७७÷७८ मा १८।५० प्रतिशत रहेकामा २०७८÷७९ मा ३१।९५ प्रतिशत र २०७९÷८० मा ४९।५४ प्रतिशतले वृद्धि भएको छ। मृत्यु हुने श्रमिकको संख्यामा कमी आए पनि अंगभंग तथा बिरामीको दर बढ्दो क्रममा रहेको महालेखा परीक्षकको वार्षिक प्रतिवेदनमा उल्लेख छ।
वैदेशिक रोजगारीमा गएका नेपाली कामदार सम्बन्धित देशको हावापानी, कामको चाप, मदिरा सेवन, कामदारबीच झैझगडा, परिवारिक तनाव, स्थानीय कानुनको जानकारीको अभाव, मेसिनरी औजार सञ्चालनमा हुने प्राविधिक त्रुटि, ट्राफिक दुर्घटना, विरामी, कार्यस्थल दुर्घटना, जलेर, निस्सासियर, डुबेरलगायतका कारणले मृत्यु, अंगभंग तथा बिरामी परेको अवस्था छ।
यस वर्ष भएको कुल मृत्यु १ हजार २५० मध्ये मलेसियामा २७।९६ प्रतिशत, साउदीमा २६।३६ प्रतिशत, संयुक्त अरब इमिरेट्समा १७।९८ प्रतिशत, कतारमा १७।२३ प्रतिशत, कुवेतमा ६।०४ र अन्य देशमा ४।४३ प्रतिशत रहेको छ।
स्वदेशबाट मेडिकल जाँच गरी श्रमका लागि गन्तव्य गएको नागरिकको वैदेशिक रोजगारी अवधिमा हुने मृत्युलाई स्वाभाविक मान्न सकिँदैन।
यसरी स्वभाविक, अज्ञात र अन्य कारणले मृत्यु हुनेको संख्या अधिक रहेको देखिएकाले वास्तविक कारण पत्ता लगाउनुका साथै बिरामीको कारण मृत्यु हुने मुलुकको स्वास्थ्य सुविधासम्बन्धी अध्ययन, ट्राफिक दुर्घटनाबाट मृत्यु हुने मुलुकमा सचेतनाका कार्यक्रम, आत्मह दुरुत्साहन गर्न मनोचिकित्सालगायत कार्यक्रम सञ्चालन गरी श्रमिकको मृत्युदर न्यून गर्ने व्यवस्था गर्नुपर्ने प्रतिवेदनको सुझाव छ।
वैदेशिक रोजगारीमा रहेका कामदारको गन्तव्य मुलुकमा मृत्यु भए मृतकको शव अन्तिम संस्कारको लागि परिवारलाई हस्तान्तरण गर्न वैदेशिक रोजगार बोर्डबाट रकम निकासा हुने गरेको छ। यो वर्ष शव व्यवस्थापनमा २ करोड ८५ लाख ८० हजार खर्च भएको प्रतिवेदनमा जनाइएको छ।
बोर्डबाट वैधानिक रुपमा रोजगारीमा रहेका कामदारको मात्र शव व्यवस्थापनका लागि रकम निकासा हुने गरेकोले गैरकानुनी रुपमा रहेका श्रमिकको मृत्यु भए शव व्यवस्थापनमा समस्या हुने गरेको नियोगहरुले उल्लेख गरेका छन्।
वैदेशिक रोजगार व्यवसायी, रोजगारदाता कम्पनी, गन्तव्य मुलुकका सम्बन्धित निकायको कारणसमेत श्रमिक गैरकानुनी आप्रवासन हुने अवस्था देखिएको छ। अवैधानिक रुपमा रहेका र अलपत्र परेका कामदारलाई सुरक्षित आवासगृहमा राखी उद्धारसमेत गरेको स्थिति छ।
अवैधानिक रुपमा रहेका श्रमिकको मृत्यु भएमा मृतकको शव व्यवस्थापन नगरिनु व्यावहारिक देखिँदैन। श्रमिक गैरकानुनी आप्रवासनका कारण अध्ययन विश्लेषण गरी मृत्यु हुने श्रमिकको शव व्यवस्थापन हुनुपर्छ।
वैदेशिक रोजगार नियमावली, २०६४ को नियम २८ मा वैदेशिक रोजगारीमा गएको कुनै कामदारको करार अवधिभित्र कुनै कारणले मृत्यु भए मृतक श्रमिकको नजिकको हकवालालाई वैदेशिक रोजगार कोषबाट प्रारम्भमा ३ लाख र २०७४ साउन १६ देखि ७ लाख आर्थिक सहायता उपलब्ध गराउने व्यवस्था छ।
वैदेशिक रोजगार बोर्डबाट प्राप्त विवरणअनुसार विगत पाँच वर्षमा पाँच हजार ५११ मृतक श्रमिकतर्फ।३ अर्ब तीन करोड ९८ लाख र १५ अंगभंग तथा बिरामी श्रमिकतर्फ ४३ करोड ८४ लाख ७२ हजार आर्थिक सहायता उपलब्ध गराएको छ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

विद्यार्थी ओराल्दा विद्यालयको बसले एक बालिका र सहचालक किच्यो, दुवैको मृत्यु

२३ औं राष्ट्रिय धान दिवस : नारामा आत्मनिर्भर, बिउमा परनिर्भर

उपसभापतिको जिम्मेवारीले अझै धेरै उत्तरदायित्व महसुस गरेको छु : गौतम

आज एउटै मञ्चबाट भाषण गर्दै ओली, प्रचण्ड र माधव नेपाल

यी स्थानमा भारी वर्षाको सम्भावना

मलाई अपरिपक्वको आरोप लाग्थ्यो, तर अब छुट छैन– रवि लामिछाने

महामन्त्रीको दाबीबाट पछि हटे शिशिर

गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

ओलीको टिप्पणी- फागुन २१ को चुनाव फाँसीवादको लाइसेन्स

हाम्रो गाडी गन्तव्यमा पुगेपछि मात्रै ब्रेक लाग्छ : प्रधानमन्त्री बालेन

अस्ट्रेलियालाई हराउँदै अमेरिका समूह विजेता बन्ने बाटोमा

कतारका दुई खेलाडीले रातो कार्ड पाएको खेलमा क्यानडाको ऐतिहासिक जित, डेभिडको ह्याट्रिक

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL