प्रमुख समाचार
Monday, 27 May, 2024
आधारभूत तहमा पुरुषभन्दा महिला शिक्षकको संख्या बढी
काठमाडौं– नेपालमा महिला शिक्षकको संख्या बढ्दै गएको देखिएको छ। अर्थमन्त्री वर्षमान पुनद्वारा आइतबार संघीय संसद्का दुवै सदनमा प्रस्तुत आर्थिक वर्ष २०८०÷८१ को आर्थिक सर्वेक्षणले उक्त तथ्य औंल्याएको हो।
शैक्षिक सत्र २०८० मा आधारभूत तह कक्षा ९१–५० मा महिला शिक्षकको संख्या ५४।१ प्रतिशत पुगेको छ। शैक्षिक सत्र ०७९ मा यो संख्या ४७।२ प्रतिशत थियो।
एक वर्षको अवधिमा महिला शिक्षकको संख्यामा ७ प्रतिशतको वृद्धि भएको देखिएको छ। यद्यपि, माध्यमिक तह ९कक्षा ९९–१२० मा भने महिला शिक्षकको संख्या कम छ।
सो तहमा १९ प्रतिशत मात्र महिला शिक्षक रहेको तथ्यांकले देखाएको छ।







