प्रमुख समाचार
Wednesday, 8 May, 2024
सांसद सुहाङ नेम्वाङले लिए शपथ
काठमाडौं– प्रतिनिधिसभाका नवनिर्वाचित सदस्य सुहाङ नेम्वाङले पद तथा गोपनीयताको शपथ लिएका छन्। संघीय संसद् सचिवालयद्वारा सिंहदरबारमा आयोजित कार्यक्रममा सभामुख देवराज घिमिरेले नेम्वाङ शपथ खुवाएका हुन्।
सभामुख घिमिरेले नेम्वाङलाई सांसदको प्रतीक चिन्हसमेत वितरण गरे। सो अवसरमा सचिवालयका कर्मचारीले सांसद नेम्वाङलाई नेपालको संविधान÷ऐन÷नियमका सामग्री प्रदान गरेका थिए।
कार्यक्रममा उपसभामुख इन्दिरा राना, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, रक्षामन्त्री हरिप्रसाद उप्रेती, विभिन्न राजनीतिक दलका प्रमुख सचेतक, संसद् सचिवालयका महासचिव पदमप्रसाद पाण्डेयलगायत उपस्थित थिए। गत वैशाख १५ मा सम्पन्न इलाम क्षेत्र २ को उपनिर्वाचनमा एमाले उम्मेदवार नेम्वाङ प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए।







