प्रमुख समाचार
Monday, 29 Apr, 2024
बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी
काठमाडौं– बझाङ–१ प्रदेशसभा ९क० मा भएको प्रदेशसभा सदस्य निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी ९एमाले० उम्मेदवार दमनबहादुर भण्डारी विजयी भएका छन्। मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले भण्डारी ११ हजार ६ सय १२ मत प्राप्त गरी विजयी भएको बताएको निर्वाचन आयोगले जनाएको छ।
लामिछानेका अनुसार भण्डारीका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहले ११ हजार तीन सय ४६ मत प्राप्त गरे। साथै, नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०का उम्मेदवार जनकबहादुर बुढाले तीन हजार ९ सय ६७ र नेपाल कम्युनिष्ट पार्टी ९एकीकृत समाजवादी०का दिलबहादुर सिंहले २ हजार पाँच सय १३ मत प्राप्त गरे।







