Exclusive News
Wednesday, 17 Apr, 2024
एन्फा उपाध्यक्ष लामा पक्राउ
काठमाडौं– अखिल नेपाल फुटबल संघ ९एन्फा०का उपाध्यक्ष दाबा लामा खैरो हिरोइन कारोबार आरोपमा पक्राउ परेका छन्। लागूऔषध खैरो हिरोइन कारोबार मुद्दामा फरार उनलाई उच्च अदालत पाटनले २०६४ मा दोषी ठहर गरेको थियो। लामालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको एसएसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए।
लामालाई अदालतले ५ वर्ष कैद सजाय तोकेपछि फरार भएका थिए। लामा डेढ वर्षअघि एन्फा उपाध्यक्षमा निर्वाचित भएका थिए। डेढ वर्षअघि भएको एन्फा केन्द्रीय कार्यसमिति निर्वाचनको बेलामा पनि लामाको विषयमा निर्वाचन समितिमा उजुरी परेको थियो। एन्फा विधानअनुसार प्रहरीमा पक्राउमा परेका लामाको उपाध्यक्ष पद स्वतः खारेज हुनेछ।