Exclusive News Tuesday, 16 Apr, 2024
Prestige Media

नवदुर्गाको पूजाआराधना गरी मनाइँदै चैते दसैं

काठमाडौं– हरेक वर्ष चैत्र शुक्ल अष्टमीका दिन पर्ने नवदुर्गाको पूजाआराधना गरी आज चैते दसैं पर्व मनाइँदै छ। आज विभिन्न शक्तिपीठ एवं दुर्गाभवानी देवीका मन्दिरमा पूजा गर्न भक्तजनको घुइँचो लाग्ने गर्छ। वसन्तीय नवरात्रको आठौं दिन धुमधामका साथ देशभर चैते दसैं पर्व मनाउने पौराणिक चलन छ। यो शारदीय नवरात्रपछिको सबैभन्दा ठूलो दसैं हो।
चैते दसैं अवसरमा काठमाडौं उपत्यका देवी मन्दिरमा आज बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ। हनुमानढोकामा आज बलिसहितको पूजा गरिन्छ। चैते दसैंमा अष्टमी र नवमीलाई विशेष महत्त्वका साथ मनाउने गरिन्छ। अष्टमीको दिन देवी उपासना र बलिसहित पूजा गरिन्छ। नवमीको दिन त्रेता युगमा अयोध्याका राजा दशरथ र रानी कौशल्यावतीका ज्येष्ठ सुपुत्रका रुपमा श्रीरामको जन्म भएको विश्वासका साथ रामनवमीका रुपमा मनाउने गरिन्छ।
चैते दसैंमा अष्टमी र नवमीलाई विशेष रूपमा मनाउने गरिन्छ। अष्टमीको दिनलाई चैते दसैं र नवमीलाई त्रेता युगमा अयोध्याका राजा दशरथ र रानी कौशल्यावतीका ज्येष्ठ सुपुत्रका रुपमा रामको जन्म भएकाले रामनवमीका रूपमा मनाउने गरिन्छ। बडादसैंमा जस्तै चैते दसैंमा पनि परिवारका सदस्यबीच जमघट हुने गर्छ। काठमाडौं उपत्यकाका गुह्येश्वरी, जयबागेश्वरी, मैतीदेवी, नक्साल भगवती, भद्रकाली, शोभा भगवती, कालीकास्थान, वज्रयोगिनीलगायत उपत्यका बाहिरका पीठमा आज विशेष पूजा हुन्छ।

शक्तिपीठमा गई पूजा आराधना एवं दर्शन गरे शक्ति प्राप्त हुने र मनोकामना पूरा हुने धार्मिक विश्वास छ। हनुमानढोका दरबारको दसैंघरमा चैते दसैंका दिन विशेष पूजा गरिन्छ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

इरानले भन्यो- खामेनी हत्याको बदला अवस्य लिनेछौं

ठमेलमा अश्लील क्रियाकलापमा संलग्न पाँच विदेशी महिला पक्राउ

रास्वपाका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ आज

पराग्वेसँग पराजित हुँदै चार पटकको विजेता जर्मनी बाहिरियो

२३ औं राष्ट्रिय धान दिवस : नारामा आत्मनिर्भर, बिउमा परनिर्भर

पेट्रोलियम पदार्थको मूल्य घट्न केही समय लाग्छ : अर्थमन्त्री

उपसभापतिको जिम्मेवारीले अझै धेरै उत्तरदायित्व महसुस गरेको छु : गौतम

आज एउटै मञ्चबाट भाषण गर्दै ओली, प्रचण्ड र माधव नेपाल

यी स्थानमा भारी वर्षाको सम्भावना

मलाई अपरिपक्वको आरोप लाग्थ्यो, तर अब छुट छैन– रवि लामिछाने

महामन्त्रीको दाबीबाट पछि हटे शिशिर

रास्वपाको केन्द्रीय सदस्यमा ८० जना महिला प्रतिस्पर्धी

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL