प्रमुख समाचार
Sunday, 14 Apr, 2024
वैशाख २ देखि संसद् अधिवेशन अन्त्य
काठमाडौं–सरकारले वैशाख २ देखि संसद्को चालू अधिवेशन अन्त्य गर्ने भएको छ। त्यसका लागि सरकारले निर्णय गर्दै राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ। संघीय संसद्को हिउँदे अधिवेशन अन्त्य गर्न सिफारिस गर्ने निर्णय शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले गरेको हो।
सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले वैशाख २ गते राती १२ बजेदेखि संसद्को चालू अधिवेशन अन्त्यकाक लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले निर्णय गरेको जानकारी दिइन्।
त्यस्नै मन्त्रिपरिषद्ले अन्जान शाक्यलाई राष्ट्रिय सभामा मनोनीत गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय पनि गरेको छ। त्यस्तै, सत्य निरुपण तथा बेपत्ता आयोगमा पदाधिकारी नियुक्त गर्न सिफारिस समिति गठन गर्ने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ।







