प्रमुख समाचार
Wednesday, 10 Apr, 2024
राष्ट्रिय सभा उपाध्यक्षमा एमालेकी विमला घिमिरे निर्वाचित
काठमाडौं– एमाले सांसद विमला घिमिरे राष्ट्रिय सभा उपाध्यक्षमा निर्वाचित भएकी छन्। बुधबार भएको मतदानमा घिमिरे ३९ मत ल्याएर उपाध्यक्ष निर्वाचित भएको संसद् सचिवालयले जनाएको हो। घिमिरेलाई उपाध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावमा ३९ र विपक्षमा १६ मत परेको थियो।
घिमिरेको प्रस्तावको पक्षमा प्राप्त भएको मत राष्ट्रिय सभाको विद्यमान संख्याको बहुमत रहेकाले राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले उनलाई उपाध्यक्ष पदमा निर्वाचित भएको घोषणा गरे। राष्ट्रिय सभा उपाध्यक्षमा प्रमुख प्रतिपक्षी कांग्रेसले विष्णुदेवी पुडासैनीलाई उम्मेदवार बनाए पनि पराजित भइन्।







