प्रमुख समाचार Tuesday, 9 Apr, 2024
Prestige Media

गणतन्त्र खारेजीलगायत ४० बुँदे मागसहित आन्दोलनमा उत्रियो राप्रपा

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०ले अवस्था र व्यवस्था फेर्नुपर्नेलगायत सरकारलाई केही महिनाअघि बुझाएको ४० बुँदे माग पूरा गराउन आन्दोलनमा उत्रिएको छ। मंगलबार भृकुटीमण्डपमा विभिन्न जिल्लाबाट काठमाडौं ल्याइएका राप्रपाका नेता, कार्यकर्तासहितको जुलुस पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा सरकारलाई ४० बुँदे माग पूरा गराउन दबाब दिने उद्देश्यले आन्दोलनमा उत्रिएको हो।
सरकारसमक्ष पेस गरिएको ४० बुँदे माग पूरा गराउन दबाब दिने उद्देश्यले काठमाडौं केन्द्रित जन प्रदर्शन थालिएको पार्टी प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले बताए।
राप्रपाले राजासहितको शासन, हिन्दु राष्ट्र, गणतन्त्र खारेज हुनुपर्नेलगायतका ४० बुँदे माग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष राखेको छ।
विरोधस्वरुप राप्रपा सम्बद्ध नेपाल सनातन धर्म–संस्कृति संगठनले सोमबार भृकुटीमण्डपबाट गौशालासम्म पैदल यात्रा गरी गणतन्त्रको प्रतीकात्मक पुत्ला जलाएको थियो । राप्रपाको विरोध प्रदर्शनलाई लक्षित गरी नेपाल प्रहरीले चार हजार बढी प्रहरी परिचालन गरेको छ।
प्रदर्शनका क्रममा निषेधाज्ञा तोड्न नदिने तथा शान्ति–सुरक्षा कायम राख्न काठमाडौं उपत्यकामा चार हजार बढी प्रहरी परिचालन गरिएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले बताए।
प्रदर्शनमा अप्रिय घटना हुन नदिन पहिलो घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा सशत्र प्रहरी र तेस्रो घेरामा सादा पोसाकका विशेष प्रहरीको टोली परिचालन गरिएको काठमाडौं उपत्यका प्रहरी कार्यालयले जनाएको छ। यसैबीच राप्रपाका आन्दोलनकारी र प्रहरीबीच विभिन्न ठाउँमा झडप भएका समाचार आइरहेका छन्।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

विद्यार्थी ओराल्दा विद्यालयको बसले एक बालिका र सहचालक किच्यो, दुवैको मृत्यु

२३ औं राष्ट्रिय धान दिवस : नारामा आत्मनिर्भर, बिउमा परनिर्भर

उपसभापतिको जिम्मेवारीले अझै धेरै उत्तरदायित्व महसुस गरेको छु : गौतम

आज एउटै मञ्चबाट भाषण गर्दै ओली, प्रचण्ड र माधव नेपाल

यी स्थानमा भारी वर्षाको सम्भावना

मलाई अपरिपक्वको आरोप लाग्थ्यो, तर अब छुट छैन– रवि लामिछाने

महामन्त्रीको दाबीबाट पछि हटे शिशिर

गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

ओलीको टिप्पणी- फागुन २१ को चुनाव फाँसीवादको लाइसेन्स

हाम्रो गाडी गन्तव्यमा पुगेपछि मात्रै ब्रेक लाग्छ : प्रधानमन्त्री बालेन

अस्ट्रेलियालाई हराउँदै अमेरिका समूह विजेता बन्ने बाटोमा

कतारका दुई खेलाडीले रातो कार्ड पाएको खेलमा क्यानडाको ऐतिहासिक जित, डेभिडको ह्याट्रिक

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL