Exclusive News Friday, 5 Apr, 2024
Prestige Media

सामाजिक सुरक्षा कोषबाट ८ अर्ब भुक्तानी

काठमाडौं– सामाजिक सुरक्षा कोषले योगदानकर्तालाई विभिन्न सुविधाबापत ८ अर्बभन्दा बढी भुक्तानी गरेको छ। कोषले बिहीबारसम्म एक लाख ३५ हजार आठ सय ४३ योगदानकर्तालाई ८ अर्ब ४८ करोड भुक्तानी गरेको हो। कोषले सबैभन्दा बढी वृद्धावस्था सुरक्षा योजनाअन्तर्गत सात अर्ब २५ करोड ३३ लाख एक हजार तीन सय १८ भुक्तानी गरेको छ । औषधि उपचार, स्वास्थ्य तथा मातृत्व योजनाबापत ९८ करोड ४३ लाख ७६ हजार तीन सय २२, दुर्घटना तथा अशक्तता सुरक्षा योजनामा ११ करोड ४७ लाख १९ हजार पाँच सय ४५ र आश्रित परिवार सुरक्षा योजनामा १३ करोड २८ लाख एक सय ६५ भुक्तानी गरेको छ।
कोषबाट एक लाख ३५ हजार आठ सय ४३ योगदानकर्ताले विभिन्न योजनाअन्तर्गत सुविधा लिएका प्रवक्ता विवेक पन्थीले जानकारी दिए। कोषले योगदानकर्तालाई औषधोपचार, स्वास्थ्य तथा मातृत्व, दुर्घटना तथा अशक्तता, आश्रित परिवार र वृद्धावस्था सुरक्षा योजनाबापत विभिन्न सुविधा उपलब्ध गराउँदै आएको छ। कोषमा हालसम्म ५२ अर्ब ६३ करोड योगदान रकम जम्मा भएको छ। कोषमा औपचारिक, वैदेशिक रोजगारी, अनौपचारिक र स्वरोजगार गरी कुल १२ लाख ५७ हजार सात सय ९९ श्रमिक सूचीकृत भएका छन्।
सूचीकृत हुनेमा वैदेशिक रोजगारीमा रहेका श्रमिकको संख्या बढी छ। सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने विषयलाई अनिवार्य गरेको छ। बिहीबारसम्म औपचारिक क्षेत्रका चार लाख ९१ हजार दुई सय २३, वैदेशिक क्षेत्रका सात लाख ६६ हजार दुई सय ४३, अनौपचारिक क्षेत्रका दुई सय ५१ र स्वरोजगार क्षेत्रका ८२ जना सूचीकृत भएका कोषले जनाएको छ। कोषमा १८ हजार आठ सय १९ रोजगारदाता आबद्ध छन्।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

आगामी बजेटबारे अर्थमन्त्री पुनले लिए पूर्वप्रशासकसँग सुझाव

खुल्यो पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित

अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै, राष्ट्रपति र प्रधानमन्त्रीले दिए शुभकामना

वैदेशिक रोजगारीका नाममा ८० लाख ठगी गर्ने दुई पक्राउ

लगानी सम्मेलन सफल भएको अर्थमन्त्रीको दाबी

इजरायलमा मर्मत गरेर ल्याइयो निगमको जहाज

नेप्सेमा दोहोरो अंकको वृद्धि

चीनद्वारा नेपाली नागरिकलाई भिसा निःशुल्क

राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी

लगानी सम्मेलनमा २४०० बढीलाई निम्तो, १६०० को सहभागिता

प्रधानमन्त्री प्रचण्डद्वारा तेस्रो लगानी सम्मेलन उद्घाटन, नेपालमा लगानी आह्वान

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL