प्रमुख समाचार
Monday, 25 Mar, 2024
पटनको ढोलाहिटीमा दुई जनाको हत्या, १८ जना पक्राउ
पाटन ९ललितपुर०– ललितपुर महानगरपालिका–२६ ढोलाहिटीमा गए राति दुई जनाको हत्या भएको छ । राती ९ बजेको समय दुई समूहबीच झडप हुँदा दुईजनाको ज्यान गएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता, प्रहरी उपरीक्षक नरेशराज सुवेदी जानकारी दिए। ‘राती ११ बजे पाटन अस्पतालमा घाइतेलाई ल्याएपछि प्रहरीलाई जानकारी भयो। तत्कालै घटनास्थलमा खटिएर केही व्यक्तिलाई नियन्त्रणमा लिएर सोधपुछ गर्ने काम भइरहेको छ। घटनाको कारण खुल्न सकेको छैन’, उनले भने।
मृत्यु हुनेमा सुनसरीको धरान घर भई हाल ढोलहिटी बस्ने २८ वर्षीय रोवस राई र पाँचथर घर भई हाल खुमलटार बस्ने ३० वर्षीय पुजन राई रहेको प्रवक्ता सुवेदीले बताए। शव पाटन र सुमेरु अस्पतालमा राखिएको छ। घटनामा संलग्न भएको आशंकामा प्रहरीले गए राती नै १८ जनालाई नियन्त्रणमा लिएको छ।







