Exclusive News
Friday, 22 Mar, 2024
ठमेल र दरबारमार्ग क्षेत्र २४सै घन्टा खुलाइने
कठमाडौं– गृह मन्त्रालयले ठमेल र दरबार मार्ग क्षेत्र २४सै घन्टा खुलाउन सर्कुलर जारी गरेको छ।उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको सचिवालयले चैत ८ मा ठमेल र दरबारमार्ग बजार क्षेत्र २४सै घन्टा खुलाउन निर्देशन दिएको हो। त्यसका लागि आवश्यक योजना जिल्ला सुरक्षा समितिले बनाउने गृहमन्त्रीको सचिवालयले जनाएको छ। गृहको निर्देशनसँगै सम्भवतः आगामी नयाँवर्ष वैशाख १ भित्रै दरबारमार्ग र ठमेल क्षेत्र खुला हुने काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जानकारी दिए। ठमेल र दरबारमार्ग क्षेत्र पर्यटकीय स्थलका रुपमा परिचित छन्।







