प्रमुख समाचार Wednesday, 20 Mar, 2024
Prestige Media

तीन साता बन्द हुँदै रिडी–तम्घास सडक

काठमाडौं– मदन भण्डारी राजमार्गअन्तर्गत रिडी–तम्घास सडक आजदेखि तीन सातासम्म बन्द हुने भएको छ। राजमार्ग योजना कार्यालयले सार्वजनिक सूचना निकालेर रिडी–तम्घास खण्डमा सडक विस्तारको काम भइरहेकाले तीन सातालाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ। सडक निर्माणका क्रममा पहरो फोर्ने, चौडा पार्ने, ग्रेड मिलाउनेलगायत काम गर्नुपर्ने भन्दै कार्यालयले ७ चैतदेखि चैत मसान्तसम्म सडक बन्द हुने मदन भण्डारी राजमार्ग योजना कार्यालयका इन्जिनियर एवं सूचना अधिकारी शर्मिला शर्माले जानकारी दिइन्।
उनले तीन साताका लागि आज बिहान १० देखि ४ बजेसम्म र राती १० देखि बिहान ४ बजेसम्म सडक बन्द रहने बताइन्। गुल्मीका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्मा अध्यक्षताको बैठकले हाल तीन सातालाई सडक बन्द गर्ने निर्णय गरेको हो। मुख्य सडक बन्द भएपछि वैकल्पिक सडकका लागि पानीट्यांकी–थोर्गा–स्यालपोखरी–सालबिसौनीबाट रातामाटा, पीपलनेटा दिगाम हुँदै रिडी र लुम्छा–धरमपानी–दिगाम हुँदै रिडी तथा घुम्तीबाट चारपाला–खज्र्याङ हुँदै रिडी सडक प्रयोग गर्न कार्यालयले सार्वजनिक सूचना जारी गरेको छ। रिडी–तम्घास सडक खण्डको २५ किलोमिटर क्षेत्रमा सडक निर्माण द्रुतगतिमा भइरहेको छ।–

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

विद्यार्थी ओराल्दा विद्यालयको बसले एक बालिका र सहचालक किच्यो, दुवैको मृत्यु

२३ औं राष्ट्रिय धान दिवस : नारामा आत्मनिर्भर, बिउमा परनिर्भर

उपसभापतिको जिम्मेवारीले अझै धेरै उत्तरदायित्व महसुस गरेको छु : गौतम

आज एउटै मञ्चबाट भाषण गर्दै ओली, प्रचण्ड र माधव नेपाल

यी स्थानमा भारी वर्षाको सम्भावना

मलाई अपरिपक्वको आरोप लाग्थ्यो, तर अब छुट छैन– रवि लामिछाने

महामन्त्रीको दाबीबाट पछि हटे शिशिर

गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

ओलीको टिप्पणी- फागुन २१ को चुनाव फाँसीवादको लाइसेन्स

हाम्रो गाडी गन्तव्यमा पुगेपछि मात्रै ब्रेक लाग्छ : प्रधानमन्त्री बालेन

अस्ट्रेलियालाई हराउँदै अमेरिका समूह विजेता बन्ने बाटोमा

कतारका दुई खेलाडीले रातो कार्ड पाएको खेलमा क्यानडाको ऐतिहासिक जित, डेभिडको ह्याट्रिक

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL