प्रमुख समाचार
Thursday, 14 Mar, 2024
उदयपुरमा जिप पल्टिँदा ६ जनाको मृत्यु
काठमाडौं–उदयपुरको बेलका नगरपालिका– ७ मा भीरबाट जिप पल्टिँदा ६ जनाले ज्यान गुमाएका छन्। भोजपुरको घोडेटारबाट सुनसरीको धरान जाँदै गरेको जिप सडकबाट ५०० मिटर तल खसेर दुर्घटनामा परेको हो। जिपमा सवार ७ जनालाई उद्धार गरेर बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारार्थ पठाइएको उदयपुर प्रहरीले जनाएको छ। जिपमा कति जना सवार थिए भन्ने यकिन विवरण भने आइसकेको छैन।







