६२ लाख बढीले खोले डिम्याट खाता
काठमाडौं– डिम्याट खाता खोल्नेको संख्या ६२ लाख ८ हजार ५४५ पुगेको छ। सीडीएस एन्ड क्लियरिङको पछिल्लो तथ्यांकअनुसार आइतबारसम्म डिम्याट खाला खोल्नेको संख्या ६२ लाख नाघेको हो।
यसअघि असार मसान्तसम्म डिम्याट खाताको संख्या ५७ लाख ५१ हजार ३४४ थियो। चालू आर्थिक वर्षको आठ महिनामा थप ४ लाख ५७ हजार २०१ डिम्याट खाता थप भएको आँकडामा उल्लेख छ।
पछिल्लो समय धितोपत्रको प्राथमिक बजारमा आईपीओ निष्कासन गर्ने कम्पनीको संख्या बढ्न थालेपछि डिम्याट खाताको संख्या पनि बढेको हो।
कम्पनीका अनुसार मेरो सेयर प्रयोग गर्नेको संख्या ५२ लाख ५८ हजार ७३९ पुगेको छ। यीमध्ये ३६ लाख ३२ हजार ५३ जना मेरो सेयरमा सक्रिय प्रयोगकर्ता रहेको सिडीएसले जनाएको छ। मेरो सेयरबाट साधारण सेयर ९आईपीओ० भर्न तथा दोस्रो बजारमा विक्री गरिएको सेयर ट्रान्सफर गर्न सकिन्छ।
डिम्याट खाता नभएकाले प्राथमिक सेयर भर्न र दोस्रो बजारमा किनबेच गर्न पनि पाउँदैनन्।
डिम्याट खाता २०७२ माघ २ बाट पूर्ण रूपमा सञ्चालनमा आएको हो। हाल सेयर अभौतिक रूपमा अर्थात् यही डिम्याट खातामा सीधै हस्तान्तरण हुन्छ।
प्राथमिक सेयर ९आईपीओ० भरेपछि परेमा खातामै जम्मा हुन्छ। दोस्रो बजारमा सेयर बिक्री गर्दा खाताबाट सेयर संख्या घटेर खरिद गर्नेको डिम्याट खातामा जम्मा हुन्छ। यही सेयर जम्मा हुने खाता नै डिम्याट खाता हो।
यो खाता विभिन्न बैंकका सहायक कम्पनीमा खोल्न सकिन्छ । त्यस्तै ब्रोकर कम्पनीहरूमार्फत पनि यस्तो खाता खोल्न सकिन्छ । यो खाता खोलिदिने संस्थालाई निक्षेप सदस्य ९डिपोजिटरी पार्टिसिपेन्ट० भनिन्छ । हाल १११ वटा यस्ता निक्षेप सदस्य छन् । यस्तो खाता खोल्नका लागि बैंक खाता नम्बर, नागरिकता प्रमाणपत्रको फोटोकपी र फोटो चाहिन्छ । आफूले कारोबार गर्ने बैंक वा ब्रोकर कम्पनीमै यस्तो खाता खोल्न सकिन्छ ।







