Exclusive News
Tuesday, 5 Mar, 2024
सुन मूल्य
मा नयाँ रेकर्ड, प्रतितोला १ लाख २३ हजार पुग्यो
काठमाडौं– नेपाली बजारमा सुनको मूल्यले नयाँ उचाइ छोएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला १ लाख २३ हजार रुपैयाँमा कारोबार भइरहेको हो। यसअघि गत पुस १२ मा सुनको मूल्य प्रतितोला १ लाख २२ हजार पुगेको थियो। गत आइतबार एकै दिन प्रतितोला २ हजार रुपैयाँले बढेरे छापावाला सुनको मूल्य १ लाख २१ हजार रुपैयाँ पुगेको थियो।
दोस्रो दिन सोमबार मूल्य स्थिर भए पनि आज थप २ हजारले बढेर १ लाख २३ हजार रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। यस्तै, तेजाबी सुनको मूल्य पनि आज तोलामा २ हजार रुपैयाँले बढेर १ लाख २२ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ। चाँदीको मूल्य पनि आज तोलामा ३५ रुपैयाँले बढेर १ हजार ४४५ पुगेको छ। अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ४ सय १० रुपैयाँमा कारोबार भएको थियो।







