Exclusive News Friday, 23 Feb, 2024
Prestige Media

बुटवलमा राष्ट्रिय प्रांगारिक कृषि मेला सुरु

काठमाडौं– बुटवलमा राष्ट्रिय प्राङ्गारिक कृषि मेला सुरु भएको छ। बुटवल उद्योग वाणिज्य संघ र प्रदेश सरकार कृषि तथा भूमि व्यवस्था मन्त्रालयले मेला आयोजना गरेका हुन्। फागुन १४ सम्म सञ्चालन हुने मेलाको लुम्बिनी प्रदेश कृषि तथा भूमि व्यवस्थामन्त्री मण्डारीलाल अहिरले उद्घाटन गरे। उनले नीति निर्माता, कर्मचारी र किसानबीचको तालमेल नमिल्दा कृषिमा सोचेअनुसारको प्रगति गर्न नसकिएको बताए।
बुटवल उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरिप्रसाद अर्यालले नेपालमा कूल जनसंख्याको ६२ प्रतिशत कृषि क्षेत्रमा आधारित भए पनि कृषि क्षेत्रको योगदान २४ प्रतिशत मात्रै रहेको र त्यसलाई सुधार गरी राष्ट्रिय अर्थतन्त्रमा योगदानमा बढोत्तरी गर्न अपरिहार्य भएको बताए।
लुम्बिनी प्रदेशसभा सदस्य विष्णु पन्थीले कृषिको व्यावसायिक विकास र आधुनिकीकरण नभएसम्म आर्थिक समृद्धि हासिल नहुने जनाए। बुटवल उपमहानगर उपप्रमुख सावित्रादेवी अर्याल, प्रदेश कृषि तथा भूमि व्यवस्था मन्त्रालयकी कृषि सचिव नम्रता सिंह, नेपाल उद्योग वाणिज्य महासंघका सदस्य केशव भण्डारीले कृषि क्षेत्रको विकासका लागि सरकारले लगानी गर्नुपर्ने सुझाव दिए। बुटवल उद्योग वाणिज्य संघले २०६२ देखि नियमित रूपमा कृषि मेला आयोजना गर्दै आएको छ। पाँच दिनसम्म सञ्चालन हुने मेलामा प्रांगारिक कृषि वस्तुको उत्पादन तथा प्रवर्द्धनमा जोड दिइएको छ।
उपभोक्तालाई प्रांगारिक कृषि, पशुपक्षी तथा मत्स्यजन्य पदार्थ उत्पादनबारेमा जानकारी दिइनेछ। प्रांगारिक कृषि प्रणाली तथा असल कृषि अभ्यास पद्धतिको प्रवर्द्धन, कृषिको उत्पादन लागत घटाउन आधुनिक कृषि प्रविधि, कृषि औजार र मेसेरिनरीसम्बन्धी जानकारी गराइनेछ।
कृषिमा आधारित उद्योगमा लगानी आकर्षित गर्ने तथा निर्यातयोग्य वस्तुको पहिचान र प्रवर्द्धन, कृषि, पशुपक्षी तथा मत्स्यजन्य उत्पादन भण्डारण तथा बिक्री वितरणमा भएका उपलब्धिको जानकारी गराइनेछ। मेलामा जीवनाशक विषादि प्रयोग, प्रभाव र विकल्प, प्रांगारिक खेतीका लागि हालसम्मको प्रयास र उपलब्धि, मत्स्यपालन व्यवसाय, अवसर सम्भावना र चुनौती तथा कृषि वस्तुको बजारीकरणसम्बन्धी अन्तक्र्रिया तथा छलफल गरिने छ । त्यसैगरी मेलामा शुक्रबार र शनिबार बाली परीक्षण शिविर सञ्चालन गरिने छ भने शनिबारदेखि नै तीन दिन माटो परीक्षण शिविर सञ्चालन हुने संघका महासचिव मुक्तिप्रसाद अधिकारीले जानकारी गराए।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

ट्राफिक कारबाहीमा १३ लाख ३३ हजार राजस्व सङ्कलन

दक्षिण कोरियाले बढायो भिसा शुल्क

इरानले भन्यो- खामेनी हत्याको बदला अवस्य लिनेछौं

ठमेलमा अश्लील क्रियाकलापमा संलग्न पाँच विदेशी महिला पक्राउ

रास्वपाका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ आज

पराग्वेसँग पराजित हुँदै चार पटकको विजेता जर्मनी बाहिरियो

२३ औं राष्ट्रिय धान दिवस : नारामा आत्मनिर्भर, बिउमा परनिर्भर

पेट्रोलियम पदार्थको मूल्य घट्न केही समय लाग्छ : अर्थमन्त्री

उपसभापतिको जिम्मेवारीले अझै धेरै उत्तरदायित्व महसुस गरेको छु : गौतम

आज एउटै मञ्चबाट भाषण गर्दै ओली, प्रचण्ड र माधव नेपाल

यी स्थानमा भारी वर्षाको सम्भावना

मलाई अपरिपक्वको आरोप लाग्थ्यो, तर अब छुट छैन– रवि लामिछाने

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL