अर्थ बाणिज्य / समाज Wednesday, 21 Feb, 2024
Prestige Media

नेपालको ७ महिनाको व्यापार घाटा ८ खर्ब नाघ्यो

काठमाडौं– नेपालको आयात निर्यात दुवैमा गिरावट आएको छ। चालू आर्थिक वर्षको सात महिना (माघसम्म) मुलुकको आयात निर्यात दुवै घटेको विवरण भन्सार विभागले बुधबार सार्वजनिक गरेको हो।
विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्षको माघसम्म नेपालबाट कुल ८ खर्ब ९७ अर्ब ९४ करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा भित्रिएको छ।
यो गत वर्षको सोही अवधिको तुलनामा २.३१ प्रतिशतले कमी हो।
गत आर्थिक वर्षको यही अवधिमा कुल ९ खर्ब १९ अर्ब १६ करोड रुपैयाँ बढीको वस्तु तथा सेवा आयात भएको तथ्यांक विभागसँग छ।
यस्तै, माघसम्म नेपालबाट कुल ८६ अर्ब ८३ करोड रुपैयाँ बराबरको मात्रै निर्यात भएको छ। यो गत वर्षको तुलनामा ७.०७ प्रतिशतले कम हो।
गत आर्थिक वर्षको सोही अवधिमा कुल ९३ अर्ब ४३ करोड रुपैयाँ बराबरको निर्यात भएको थियो।
सात महिनामा नेपालको कुल व्यापार घाटा ८ खर्ब ११ अर्ब रुपैयाँ बराबर रहेको छ। गत वर्षको यही अवधिमा कुल ८ खर्ब २५ अर्बको व्यापार घाटा थियो।

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL