खेलकुद
Sunday, 18 Feb, 2024
नेपालले क्यानडालाई दियो २१७ रनको लक्ष्य
काठमाडौं– नेपालले एकदिवसीय शृंखलाको पहिलो खेलमा क्यानडालाई जितका लागि २१७ रनको चुनौती दिएको छ। मूलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै दुई सय १६ रनको योगफल बनाएको हो।
नेपाल ‘ए’ का लागि बसिर अहमदले सर्वाधिक ५० रनको योगदान दिए। उनले ५५ बलमा तीन चौका र एक छक्काको मद्दतले अविजित ५० रन बनाएका हुन्। त्यसैगरी रासिद खानले ४० रन बनाए भने मयन यादवले ३५ रन जोडे।
किरण ठगुन्नाले २५, विवेककुमार यादवले २१ र सन्दीप जोराले १४ रन बनाए। क्यानडका लागि कप्तान साद बिन जाफले तीन विकेट लिए भने ईश्वरजीत सोढीले दुई विकेट झारे। त्यस्तै डिलोन हेलिगर, हर्ष ठेकर र शाहिद अहमदजाइले समान एक÷एक विकेट लिए।







