ग्लोबल आइएमई बैंकको निश्चिन्त आवास योजना
काठमाडौं– ग्लोबल आइएमई बैंकले ‘निश्चिन्त आवास योजना’ (घरकर्जा) अफर ल्याएको छ।
योजनाअन्तर्गत १० वर्षे अवधिका लागि ९.९९ प्रतिशत स्थिर ब्याजदरमा अधिकतम १२ करोड रुपैयाँसम्म कर्जा पाइनेछ।
सस्तो तथा सरल किस्ताबन्दीमा घर निर्माण तथा खरिदलाई लक्षित गरी यो योजना ल्याइएको बैंकले जनाएको छ।
उक्त विशेष घर कर्जा योजनाअन्तर्गत अन्य बैंक–वित्तीय संस्थाबाट कर्जा उपभोग गरिरहेका ग्राहकले सहजै कर्जा सार्नसमेत सक्नेछन्।
विशेष घरकर्जा योजनाअन्तर्गत सेवाग्राहीले १० वर्षे अवधिका लागि ९.९९ प्रतिशत ब्याजदरमा, १० देखि १५ वर्षसम्मका लागि १०.४९ प्रतिशत ब्याजदरमा र १५ वर्षभन्दा बढी अवधिका लागि १०.९९ प्रतिशतको स्थिर ब्याजदरमा १२ करोड रुपैयाँसम्म घरकर्जा लिन पाउनेछन्।
यो सुविधा देशभरका बैंकका शाखाबाट लिन सकिनेछ। ग्राहकलाई छिटो–छरितो एवं सहज रुपमा कर्जा प्रवाह गर्ने उद्देश्यअनुरुप आवश्यक कागजात पेस गरेको २ कार्य दिनभित्र कर्जा प्रवाह गरिने दाबी गरेको छ
हाल बैंकले ३५६ शाखा, ३७८ एटिएम, २७४ शाखारहित इकाइ, ६५ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र तीन वटा वैदेशिक प्रतिनिधि कार्यालयमार्फत बैंकिङ सुविधा दिँदै आएको छ।







