Exclusive News Thursday, 8 Feb, 2024
Prestige Media

एनसेलमा डबल मजा अफर

काठमाडौं–मोबाइल सेवाप्रदायक कम्पनी एनसेलले ग्राहक लक्षित डबल डेटासहित इन्टरनेट सेवाको लाभ लिन ‘डबल मजा प्याक’ खरिद अफर सार्वजसिनक गरेको छ।
ग्राहकले मन पराएको डबल मजा अफर एनसेलले तीन प्याकका साथ पुनः सञ्चालनमा ल्याएको हो ।
यो अफरमा ग्राहकले ७ दिन भ्यालिडिटी अर्थात् समयसीमा रहेको करसहित १५० मा ५ जिबी डेटा वा २०० मा ८ जीबी डेटा लिन सक्नेछन्।
त्यसैगरी ८८८ मा २८ दिन समयावधि रहेको ८८ जिबी डेटा खरिद गर्न सक्छन्।
यो प्याकको विशेषता भनेको भ्यालिडिटी नसकिँदै गरिने हरेक खरिदमा ग्राहकले उही मूल्यमा डबल डेटा बोनसस्वरुप प्राप्त गर्न सक्ने कम्पनीले बताएको छ। यदि कुनै ग्राहकले ८ जिबी प्याकको प्याक खरिद गरेको ७ दिनभित्र फेरि सोही प्याक खरिद गरे १६ जिबी डेटा बोनसका रुपमा प्राप्त गर्नेछन्।
डबल मजा प्याक खरिद गर्न ग्राहकले एस्ट्रिक्स१७१२३ह्यास डायल गर्न सकिनेछ। हालै अद्यावधिक गरिएको एनसेल एप वा एनसेलका अन्य कुनै पनि आधिकारिक च्यानलमार्फत यो प्याक किन्न सकिन्छ ।
थप परिस्कृत गर्दै पुनः सञ्चालनमा ल्याइएको यो अफरमा बोनसको रूपमा दोब्बर डेटा दिइने भएकाले ग्राहकलाई अनलाइन बस्न र डिजिटल रूपमा सम्पर्कमा रहिरहन ठूलो सहयोग पुग्ने विश्वास कम्पनीको छ।
७ दिन भ्यालिडिटी भएका १५० र २०० का डबल मजा प्याकमा पाइने बोनसको सञ्चित डेटा अधिकतम २८ दिनसम्म चलाउन सकिनेछ। त्यसैगरी ८८८ रुपैयाँको प्याकमा पाइने सञ्चित बोनस डेटा ६० दिनसम्म चलाउन सकिने कम्पनीले जनाएको छ।
एनसेलले ७ दिने भ्यालिडिटी भएको कम्बो प्याक पनि ल्याएको छ। यो प्याकमा ग्राहकले ४ जिबी डेटा, १०० मिनेट अल नेट टक टाइम र विभिन्न डिजिटल सेवा प्राप्त गर्नेछन्।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

ट्राफिक कारबाहीमा १३ लाख ३३ हजार राजस्व सङ्कलन

दक्षिण कोरियाले बढायो भिसा शुल्क

इरानले भन्यो- खामेनी हत्याको बदला अवस्य लिनेछौं

ठमेलमा अश्लील क्रियाकलापमा संलग्न पाँच विदेशी महिला पक्राउ

रास्वपाका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ आज

पराग्वेसँग पराजित हुँदै चार पटकको विजेता जर्मनी बाहिरियो

२३ औं राष्ट्रिय धान दिवस : नारामा आत्मनिर्भर, बिउमा परनिर्भर

पेट्रोलियम पदार्थको मूल्य घट्न केही समय लाग्छ : अर्थमन्त्री

उपसभापतिको जिम्मेवारीले अझै धेरै उत्तरदायित्व महसुस गरेको छु : गौतम

आज एउटै मञ्चबाट भाषण गर्दै ओली, प्रचण्ड र माधव नेपाल

यी स्थानमा भारी वर्षाको सम्भावना

मलाई अपरिपक्वको आरोप लाग्थ्यो, तर अब छुट छैन– रवि लामिछाने

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL