अर्थ बाणिज्य / समाज Thursday, 1 Feb, 2024
Prestige Media

गणेशमान मार्ग स्तरोन्नति गर्न ८ करोड विनियोजन

काठमाडौं– अर्थ मन्त्रालयले गणेशमान मार्ग (थानकोट–चित्लाङ सडक खण्ड) स्तरोन्नतिका लागि बजेट विनियोजन गरेपछि सडक खण्डको अनुगमन गरिएको छ।
चन्द्रागिरि नगरपालिका प्रमुख घनश्याम गिरीको विशेष आग्रहमा अर्थ मन्त्रालयले माघ १२ मा सो मार्गलाई तत्काल स्तरोन्नतिको काम अगाडि बढाउन ८ करोड विनियोजन गरेको थियो।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, चन्द्रागिरि नगर प्रमुख गिरी, उपप्रमुख वसन्ती श्रेष्ठ, नगर प्रवक्ता कृष्णप्रसाद खड्गी तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका उच्च पदस्थ कर्मचारीले गणेशमान मार्गको बुधबार अनुगमन गरेका छन्।
गत पुस २८ मा उक्त मार्गअन्तर्गत सेतोपहरोमा कार दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको थियो।
अनुगमनका क्रममा मन्त्री ज्वालाले सडकको अवस्था तत्काल सुधार गर्न र समयमै निर्माण सम्पन्न गर्नेगरी काम गर्न सम्बन्धित निकायलाई निर्देशन दिए।
उनले जनताको जीवन रक्षा नै सरकारको पहिलो कर्तव्य भएकाले कानुनी प्रक्रिया यथासक्दो चाँडो पूरा गरी काम सुरु गर्न आग्रह गरे।
उक्त बजेटबाट ग्याबिन वाल, साइड ड्रेन र कालोपत्र गरिने जनाइएको छ।
सो अवसरमा नगरप्रमुख गिरीले गणेशमान मार्गको स्तरोन्नतिको काम अगाडि बढाउन रकम विनियोजन गरेकामा अर्थमन्त्री डा. प्रकाशशरण महतलाई धन्यवाद दिए।

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL