Exclusive News Tuesday, 23 Jan, 2024
Prestige Media

न्युरोड क्षेत्रमा सवारी पार्किङ निषेधपछि विरोधमा उत्रिए व्यापारी
फोटो

काठमाडौं– काठमाडौं महानगरले आजदेखि देखि न्युरोड, खिचापोखरी क्षेत्रमा सवारीसाधन पार्किङमा रोक लगाएलगत्तै व्यापारी विरोधमा उत्रिएका छन्। न्युरोड, खिचापोखरी क्षेत्रमा व्यापार गर्दै आएका व्यवसायी महानगरले सवारी पार्किङमा रोक लगाउँदा ग्राहकलाई अप्ठेरो हुने र व्यवसायसमेत असर पर्ने दाबी गर्दै सटर, कबल बन्द गरेर विरोधमा उत्रिएका हुन्।
महानगरले काठमाडौं टावरमा १ हजार वटा सानाठूला निःशुल्क सवारी पार्किङ व्यवस्था गरिएकाले न्युरोड क्षेत्रमा पार्किङ गर्न नदिइने स्पष्ट पारेको छ।
महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेले विकल्पमा काठमाडौं टावरमा तीन सय वटा चारपांग्रे र सात सय वटा दुईपांग्रे सवारी साधन पार्किङ गर्न सकिने व्यवस्था गरिएको जानकारी दिए।
महानगर प्रहरी प्रमुख पाण्डेले पार्किङ निषेध गरेर ती ठाउँमा विशेष सरसफाइ गर्ने योजनाअनुसार यतिबेला सफाइ चलिरहेको बताए।
उनले भने, पार्किङ निषेध गरेर ती ठाउँमा विशेष सरसफाइ गर्ने योजना बनाएका छौं। सोहीअनुसार सफाइ चलिरहेको छ। यसले सवारी आउजाउ सहज बनाउने अपेक्षा गरेका छौं।’
महानगरले धर्मपथ, जुद्ध शालिकदेखि इन्द्रचोकतर्फको सडक खण्ड, खिचापोखरी, महाबौद्ध, वीर अस्पताल वरपरको कालोपत्रे सडकमा पार्किङ निषेध गरेको छ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

ट्राफिक कारबाहीमा १३ लाख ३३ हजार राजस्व सङ्कलन

दक्षिण कोरियाले बढायो भिसा शुल्क

इरानले भन्यो- खामेनी हत्याको बदला अवस्य लिनेछौं

ठमेलमा अश्लील क्रियाकलापमा संलग्न पाँच विदेशी महिला पक्राउ

रास्वपाका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ आज

पराग्वेसँग पराजित हुँदै चार पटकको विजेता जर्मनी बाहिरियो

२३ औं राष्ट्रिय धान दिवस : नारामा आत्मनिर्भर, बिउमा परनिर्भर

पेट्रोलियम पदार्थको मूल्य घट्न केही समय लाग्छ : अर्थमन्त्री

उपसभापतिको जिम्मेवारीले अझै धेरै उत्तरदायित्व महसुस गरेको छु : गौतम

आज एउटै मञ्चबाट भाषण गर्दै ओली, प्रचण्ड र माधव नेपाल

यी स्थानमा भारी वर्षाको सम्भावना

मलाई अपरिपक्वको आरोप लाग्थ्यो, तर अब छुट छैन– रवि लामिछाने

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL