खेलकुद Friday, 29 Dec, 2023
Prestige Media

माघ ९ देखि आहा रारा पोखरा गोल्डकप

कास्की– मोफसलकै सर्वोत्कृष्ट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित फुटबल प्रतियोगिता आहा रारा पोखरा गोल्डकपको २३औं संस्करण आगामी माघ ९ देखि २० सम्म सञ्चालन हुने भएको छ ।
सहारा क्लब पोखराले आयोजना गर्दै आएको प्रतियोगिताका लागि यस वर्ष अखिल नेपाल फुटबल संघबाट समय तालिका प्राप्त भएपछि प्रतियोगिताको तयारी सुरु गरिएको क्लबका महासचिव रामजीप्रसाद अधिकारीले जानकारी दिए।
प्रतियोगिता पोखरा रंगशालास्थित फुटबल मैदानमा सञ्चालन हुनेछ।
‘खेलकुदको विकासमा सहकार्य गरौँ, पोखरालाई खेलकुद पर्यटन सहरका रूपमा स्थापित गरौँ’ भन्ने उद्देश्यका साथ बर्सेनि हुँदै आएको प्रतियोगितामा यसपटक विदेशी टोलीहरू, ‘ए’ डिभिजनका क्लब, मोफसलका टोलीहरू र आयोजकको टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने क्लबले जनाएको छ।
गत संस्करणको विजेता संकटा क्लब काठमाडौं तथा उपविजेता भुटनिज युथ स्पोर्टस् क्लब, मिनिसोटा, अमेरिका रहेका थिए। ‘आत्मा साक्षी राखी मन, वचन र कर्मले सामाजिक सेवा गरौँ’ भन्ने नाराका साथ २०५५ मा स्थापित सहारा क्लबले आयोजन गर्ने प्रतियोगिता पोखराकै पर्यायवाचीका रूपमा लिने गरिन्छ।
आहा रारा गोल्डकप देशकै पुरानो मध्येको एक प्रतियोगिता हो। प्रतियोगितालाई पहिलो संस्करणदेखि मुख्य प्रायोजकमा हिमश्री फुड्स प्रालिको उत्पादन आहा तथा रारा चाउचाउले गर्दै आएको छ।
यसैगरी उत्कृष्ट पाँच विधाको पुरस्कार सूर्यबहादुर केसीको स्मृतिमा प्रायोजन गरिएको छ। राष्ट्रिय सर्वोत्कृष्ट वर्ष खेलाडी पुरस्कार सहारा क्लबका मानार्थ सदस्य खेमबहादुर गुरुङद्वारा प्रायोजन गरिएको छ।
‘म्यान अफ द म्याच’, ट्रफी, नगद र मेडल, सहारा युकेले सहयोग गर्ने महासचिव अधिकारीले बताए।
प्रतियोगितामा बचत हुने रकम क्लबबाट सञ्चालित सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमीमा खर्च गरिनेछ।
क्लबले विपन्न तथा कठिन परिस्थितिका बालकलाई आवासीय रूपमा निःशुल्क स्वास्थ्य, शिक्षादीक्षालगायत फुटबल प्रशिक्षण गर्दै आएको छ। क्लबले सहारा फुटबल एकेडेमी सञ्चालन गरी बालकलाई फुटबल खेल सिकाउँदै आएको छ।
हाल चौथो ब्याचको एकेडेमीमा आठ जिल्लाका १४ जना बालक आश्रित छन् ।

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL