अर्थ बाणिज्य / समाज
Wednesday, 27 Dec, 2023
हिमालयन रिको आइपिओ बाँडफाँट, मागेजतिले पाए ३० कित्ता
काठमाडौं– सर्वसाधारणका लागि जारी भएको हिमालयन रिइन्स्योरेन्सको प्राथमिक सेयर (आईपीओ) बुधबार बाँडफाँट गरिएको छ।
बिक्री प्रबन्धक एनएमबी क्यापिटलले कार्यक्रम आयोजना गरी आज बिहान आईपीओ बाँडफाँट गरेको हो।
आवेदन स्वीकृत भएका सबैले हिमालयन रिइन्स्योरेन्सको आईपीओ पाएका छन्। ३० कित्तासम्म माग गर्नेले माग गरेजति पाएका छन्।
१० कित्ताका लागि आवेदन दिनेले १० कित्ता नै पाएका छन्, २० कित्ताका लागि आवेदन दिनेले २० कित्ता नै पाएका छन् भने ३० कित्ताका लागि आवेदन दिनेले ३० कित्ता नै पाएका छन्।
४० वा सोभन्दा बढी माग गरेमध्ये २९ हजार २१ जनाले ४० कित्ताका दरले पाएका छन्।
कम्पनीले कुल २ करोड ४९ लाख कित्ता सेयरका लागि कम्पनीले आवेदन खुलाएको थियो।







