अर्थ बाणिज्य / समाज Wednesday, 27 Dec, 2023
Prestige Media

नयाँ बानेश्वरको अकासे पुलमा जोडिँदै ज्येष्ठ नागरिक लक्षित लिफ्ट

काठमाडौं– काठमाडौं महानगरले बानेश्वरको अकासे पुलमा ज्येष्ठ नागरिकलाई लक्षित गरी दुई वटा लिफ्ट राख्ने तयारी गरेको छ।
उक्त पुलको दुवैपट्टि एक÷एक वटा लिफ्ट राख्ने तयारी भएको महानगरका ट्राफिक विज्ञ सल्लाहकार जगतमान श्रेष्ठले जानकारी दिए।
उनका अनुसार उक्त लिफ्टलाई प्रयोगकर्ताले आवश्यकताअनुरुप प्रयोग गर्न सक्नेछन्।
लिफ्ट ज्येष्ठ नागरिकप्रति लक्षित गरेर राखिने भए पनि अन्य शारीरिक रुपमा अक्षम, अपांगता भएका नागरिक तथा बालबालिकाले प्रयोग गर्न सक्ने श्रेष्ठको भनाइ थियो।
उनका अनुसार लिफ्टमा एक पटकमा आठ जनाले सेवा लिन सक्नेछन्।
अकासे पुलमा लिफ्ट राख्न महानगरले चालू आर्थिक वर्षमा पाँच करोड विनियोजन गरेको छ। चालू आवको नीति कार्यक्रम र बजेटमा व्यवस्था भएअनुरुप नै महानगरले उक्त स्थानमा लिफ्ट राख्ने तयारी गरेको जनाएको छ।
लिफ्टका लागि बोलपत्र आह्वानको अन्तिम तयारी भइरहेको जनाउँदै आगामी साता निर्माणका लागि सार्वजनिक सूचना आउने ट्राफिक विज्ञ सल्लाहकार श्रेष्ठले बताए।
उनका अनुसार लिफ्ट राखिसकेपछि त्यसको संरक्षण र रेखदेख गर्न महानगरले केही स्वयंसेवक राख्ने तयारी गरेको छ।
महानगरले चालू आवमा सडक सुरक्षाका लागि बस बिसौनी निर्माण, बसको रुट मिलाउने, सडक बत्ती विस्तार गर्दै जाने, एकतर्फी सडकको व्यवस्थापन गर्ने, मोटरसाइकल ग्यारेज सञ्चालनका लागि मापदण्ड बनाउने, सडकमा डिभाइडर व्यवस्थापन, पेट्रोल पम्प व्यवस्थापन, सडक संकेत तथा चिन्ह व्यवस्थापनलगायत काम गर्ने जनाएको छ।
यससँगै दैनिक उपभोग्य वस्तुको ढुवानी, मालवाहक सवारी, विद्यालयका बसको समय निर्धारण, पार्किङ व्यवस्थापन गर्ने, विद्यालयमा यातायात प्रणालीसम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गर्ने पनि महानगरको तयारी छ।
सल्लाहकार श्रेष्ठले सडकमा संकेत चिन्ह मिलाउन तत्काल काम थाल्नुपर्ने बताए। यस्ता चिन्ह आधिकारिक निकायले अध्ययन गरेर मात्र राख्नुपर्ने भएकाले महानगरले अध्ययन गरिरहेको उनले जानकारी दिए।
उनका अनुसार सडक चिन्ह देखिने, स्पष्ट, बुझ्न सजिलो हुने तथा प्रोत्साहन दिने खालका हुनुपर्दछ।
चालू आवमा महानगरको अधिकारभित्र पर्ने यातायात क्षेत्र सुधारका लागि ४४ करोड छुट्याइएको छ।

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL