Exclusive News
Sunday, 24 Dec, 2023
लुम्बिनीमा थपिए दुई मन्त्री
काठमाडौं– लुम्बिनी प्रदेशमा सात महिनापछि सरकार विस्तार भएको छ। मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले शनिबार दुई मन्त्री थपेका हुन्।
यसअघि लुम्बिनीमा मुख्यमन्त्रीसहित सात सदस्यीय मन्त्रीमण्डल थियो। शनिबार दुई मन्त्री थपिएसँगै लुम्बिनीमा ९ सदस्यीय मन्त्रीमण्डल भएको हो।
थपिएका दुई नयाँ मन्त्रीमा नेकपा माओवादी केन्द्रबाट कृष्ण केसी खानेपानी, ग्रामीण तथा सहकारी विकास र कांग्रेसका सरोज थापाले पर्यटन तथा यातायात व्यवस्थामन्त्रीको जिम्मेवारी पाएका छन्। उनीहरूलाई आजै पद तथा गोपनीयताको सपथ गराइनेछ।
माओवादीका केसी बाँकेबाट निर्वाचित हुन् भने कांग्रेसका थापा प्यूठानबाट निर्वाचित हुन्।







