अर्थ बाणिज्य / समाज
Tuesday, 19 Dec, 2023
घुस्याहा वडाध्यक्ष पक्राउ
काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको जितपुर सिमरा उपमहानगर–३ का वडाध्यक्ष तारा कार्कीलाई पाँच लाख रुपैयाँसहित पक्राउ गरेको छ ।
आयोगको हेटौंडा कार्यालयबाट खटिएको टोलीले वडाध्यक्ष कार्कीलाई पक्राउ गरेको हो ।
वडाध्यक्ष कार्कीलाई जितपुरस्थित जैसवाल होटलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । सडक बनाउने क्रममा उनले स्थानीय राजन उप्रेतीसँग घुसबापत पाँच लाख नगद रकम लिएको इलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रदीप क्षेत्रीले बताए ।
घटनाबारे अनुसन्धान भइरहेको अख्तियार स्रोतले जनाएको छ ।
पक्राउ परेका वडाअध्यक्ष कार्की एमालेबाट निर्वाचित हुन् ।







