खेलकुद Thursday, 5 Oct, 2023
Prestige Media

१९औं एसियाडको भारोत्तोलनमा विशाल सिंहको कीर्तिमान

काठमाडौं– चीनको हाङझावमा जारी १९औं एसियाली खेलकुदअन्तर्गत भारोत्तोलनमा नेपालका विशालसिंह विष्टले दुर्लभ कीर्तिमान बनाएका छन्।

आज चियोसन स्पोर्ट्स सेन्टर जिम्न्याजिममा भएको पुरुष ९६ केजी तौल समूहमा विशालले तीन वटा राष्ट्रिय कीर्तिमान कायम गरेका हुन्।
उनले हालसम्म कुनै पनि नेपाली खेलाडीले उठाएको ३०१ केजी वजन उठाएर अर्को दुर्लभ कीर्तिमान कायम गरेको भारोत्तोलन टिम व्यवस्थापकसमेत रहेका नेपाल भारोत्तोलन संघ अध्यक्ष रामकृष्ण श्रेष्ठले बताए।

विशालले स्न्याचमा १३३ केजी, क्लिन एन्ड जर्कमा १६८ केजी र कुलमा ३०१ केजी भार वहन गर्दै आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमानमा सुधार गरे।

विशालले स्न्याचमा दोस्रो लिफ्टमै १२७ केजी तौल उठाउँदै राष्ट्रिय कीर्तिमान स्थापित गरिसकेका थिए। भारोत्तोलनमा नेपालबाट नेपालबाट ५ खेलाडी सहभागी छन्।

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL