खेलकुद Wednesday, 27 Sep, 2023
Prestige Media

नेपाली क्रिकेटका लागि ऐतिहासिक दिन बन्यो ‘बुधबार’

झेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजी पिङफेङ क्रिकेट मैदानमा टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएको मंगोलियासँग खेल्दा नेपाली क्रिकेटरले विश्वविजेतालाई समेत उछिनेर नयाँ रेकर्ड बनाएका छन्।काठमाडौं– १९औं एसियाली खेलकुद, २०२२ अन्तर्गत पुरुष क्रिकेट प्रतियोगितामा नेपालले पहिलो खेलमा मंगोलियालाई २७३ रनले पराजित गरेर हालसम्मकै ठूलो जित निकालेको छ।

झेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजी पिङफेङ क्रिकेट मैदानमा टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएको मंगोलियासँग खेल्दा नेपाली क्रिकेटरले विश्वविजेतालाई समेत उछिनेर नयाँ रेकर्ड बनाएका छन्।नेपालले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर ३१४ रन बनायो।
नेपालले दिएको ३१५ रनको लक्ष्य पछ्याएको मंगोलिया १३ दशमलव एक ओभरमा ४१ रनमै अलआउट भयो।

बलिङतर्फ नेपालका करण केसी, अभिनास बोहरा र सन्दीप लामिछानेले दुई–दुई तथा सोमपाल कामी, कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरीले एक–एक विकेट लिए।यसअघि मंगोलियाविरुद्ध ब्याटिङ गर्ने क्रममा कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले कीर्तिमानी ब्याटिङ गरे। कुशल मल्लले ३४ बलमै शतक प्रहार गर्दै अर्को विश्व कीर्तिमान बनाए।

सर्वाधिक छिटो शतकको कीर्तिमान दक्षिण अफ्रिकाका डेभिड मिलर, चेक रिपब्लिकका सुदेश विक्रमाशेखर र भारतका रोहित शर्माले बनाएका थिए। उनीहरुले ३५ बलमै शतक बनाएका थिए ।दीपेन्द्रसिंह ऐरीले मात्र ९ बलमा अर्धशतक बनाएर अर्को विश्व कीर्तिमान बनाए। यसअघि भारतका युवराज सिहले १२ बलमा अर्धशतक बनाएका थिए।

कुशल मल्लले ५० बलमा अविजित १३७ रन तथा ऐरीले १० बलमा अविजित ५२ रन बनाए।मल्लले यस क्रममा १२ छक्का र आठ चौका तथा ऐरीले आठ छक्का प्रहार गरे। यस्तै, कप्तान रोहितकुमार पौडेलले २७ बलमा ६१, कुशल भुर्तेलले २३ बलमा १९ तथा आसिफ शेखले १७ बलमा १६ रन बनाए।

कुशल मल्लले टी२०आई इतिहासमा सबैभन्दा छिटो शतक बनाए– ३४ बलमा। यस्तै, दीपेन्द्र सिंहले टी–२० को इतिहासमा सबैभन्दा छिटो अर्धशतक बनाए– ९ बलमा। नेपालले टी२०आई इतिहासमा पहिलो पटक ३०० रन बनाएको छ।दीपेन्द्र सिंहले पहिलो ६ बलमा ६ छक्का प्रहार गरेका छन्।

नेपाल टी२०आईमा ३०० प्लस रन बनाउने पहिलो टोली बनेको छ।नेपालले मंगोलियालाई २७३ रनले पराजित गरेको छ, जुन टी२०मा सबैभन्दा ठूलो रनको जित हो।

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL