Breaking News Tuesday, 5 Sep, 2023
Prestige Media

एसिया कपमा पराजित नेपाली क्रिकेटरलाई भारतीय खेलाडीले लगाइदिए मेडल

काठमाडौं– गए राती एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत झरी निर्दयी हुँदा समूह चरणको अन्तिम खेलमा नेपाल भारतसँग १० विकेटले पराजित हुनुप¥यो।

ओभर छोट्याउँदा पनि मध्यरातीसम्म खेलिएको खेलमा २३१ रनको नेपालको लक्ष्य भारतले क्षतिबिनै पूरा गरेको थियो।श्रीलंकाको पल्लेकेले स्टेडियममा खेलाइएको एसिया कपमा नेपाली क्रिकेटरले सम्हालिएर खेलेपछि विश्वविजेता भारतसहितका मुलुकका नागरिकको प्रशंसा पाइरहेका छन्।

एसिया कपमा आशिफ शेख र सोमपाल कामीको खेलको तारिफ नेपालमा मात्र नभएर आयोजक श्रीलंका, पाकिस्तानसहित विश्व क्रिकेट मञ्चमा भइरहेको छ।नेपालका खेलाडीको हौसला दिन श्रीलंका पुग्ने शुभेच्छुक, समर्थकको भीडले त्यहाँको अध्यागमन ‘हाउसफुल’ भएको स्वयं काठमाडौंका मेयर बालेन साहले सामाजिक सञ्जाल फेसबुकबाट सार्वजनिक गरेका छन्।

कुनै पनि खेलमा पराजित टिमका खेलाडीलाई विजेता खेलाडीले तक्का लगाइदिएको दृश्य बिरलै देखिन्छ। तर, एसिया कपको एकदिवसीय खेलपछि पराजित नेपाली खेलाडीलाई भारतीय क्रिकेट पदाधिकारी र खेलाडी नै तक्मा टक्र्याएर सम्मानित गरेका हुन्।श्रीलंकाको पल्लेकेले रंगशालामा भएको खेल भारतले १० विकेटले जितेको थियो। वर्षाले प्रभावित खेलमा नेपालले उत्साहप्रद ब्याटिङ गरे बलिङ कमजोर हुँदा पराजित हुनु परेको हो। अंकमा हारे पनि नेपाली टिमको प्रशंसा भइरहेको छ।

भारतीयले पनि नेपाली ब्याट्सम्यानले साहसिक प्रदर्शन गरेकामा प्रशंसा गरिरहेका छन्। नेपालबारे गतिलो नहुने भारतीय मिडियाले समेत नेपाली क्रिकेट खेलाडीको खुलेर तारिफ गरिरहेका छन्।सोमबारको मध्यराती खेल सकिएपछि नेपाली प्रशिक्षक मोन्टी देसाईले आफ्ना खेलाडीलाई भारतीय ड्रेसिङ रुममा लगेका थिए। ड्रेसिङ रुपमा भारतीय क्रिकेट कप्तान रोहित शर्मा, विराट कोहली र प्रशिक्षक राहुल द्रविडहरु उपस्थित थिए।

त्यतिबेलै भारतीय खेलाडीले नेपाली खेलाडीलाई तक्मा (मेडल) लगाइदिएका दृश्य सामाजिक सञ्जाल, नेपाली र भारतीय सञ्चार माध्यममा छरपस्ट भएका छन्।नेपाली प्रशिक्षक देसाईले दुई देशका खेलाडीलाई मिलन गराउन तक्काको सहारा लिएको बुझिएको छ। यसको पुष्टि नेपाल क्रिकेट संघ (क्यान) ले राम्रो अवसर भनेर भिडिओ सेयर गरेबाटै लाग्छ।

क्यान स्रोतका अनुसार प्रशिक्षक देसाईले ह्याप्पी ड्रेसिङ रुमको अवधारणानुसार विभिन्न खेलमा राम्रो प्रदर्शन गर्ने खेलाडीलाई आफैंले तक्मा बाँड्ने गरेका थिए। तर, सोमबार श्रीलंकामा भने उनले भारतीय खेलाडीका हातबाट नेपाली खेलाडीलाई तक्मा लगाइदिन आग्रह गरेको बुझिएको छ।

प्रशिक्षक द्रविणसहित ब्याट्सम्यान राहुल द्रविण, हार्दिक पाण्डयालगायतले नेपाली खेलाडी आसिफ शेख, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरीलाई तक्मा लगाइदिएको दृश्य तस्बिरबाट देख्न सकिन्छ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

काठमाडौं बिहान ८:३०देखि कर्फु

नेप्सेपरिसुचक ३००० माथि

आइसिसी क्रिकेट विश्वकप लिग-२: नेदरल्याण्ड्स सँगनेपालको रोमान्चक जित

आईपीएलले पायो नयाँ च्यामपियन रोयल च्यालेन्जर्स बैंग्लुर विजयी

प्रतिनिधिसभा बैठक भोलि ११ बजेसम्म स्थगित

जनता सडकमा आए एकै दिनमा गणतन्त्र समाप्त हुन्छ : अध्यक्ष लिङ्देन

राप्रपा वरिष्ठ उपाध्यक्ष मिश्रविरुद्ध ४ कसुरमा मुद्दा दर्ता

एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना, चार जनाको मृत्यु

ऊर्जा क्षेत्र विकासका लागि जलस्रोतमन्त्रीले गरे पूर्वसचिवहरूसँग छलफल

उपत्यकाका तीन वटै जिल्लामा बाढीको वितन्डा, सयौं घर डुबानमा

सौर्य एयरको विमान दुर्घटना, १९ यात्रुको मृत्यु

कपिलवस्तुबाट काठमाडौं आउँदै गरेको बस त्रिशूलीमा खस्यो, सात जनाको मृत्यु

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL