खेलकुद Thursday, 31 Aug, 2023
Prestige Media

पाकिस्तानसँग नेपालको फराकिलो हार

एसिया कप २०२३ मा नेपाल आफ्नो पहिलो खेलमा पराजित भएको छ। बुधबार भएको उद्‌‌घाटन खेलमा नेपाललाई घरेलु टिम पाकिस्तानले मुल्तान मैदानमा २३८ रनको फराकिलो अन्तरले पराजित गर्‍यो। 

पाकिस्तानले दिएको ३४३ रनको लक्ष्य पछ्याएको नेपाल २३.४ ओभरमा १०४ रनमै अलआउट भयो। नेपालका लागि आरिफ शेखले २६ रन, सोमपाल कामीले २८ रन र गुल्सन झाले १३ रन जोडे। अरु ब्याट्सम्यान दोहोरो अंकमा रन जोड्न नपाइ आउट भए। 

बलिङमा पाकिस्तानका  शादब खानले ४ विकेट लिए भने  शाहिद शाह अफ्रिदी र हरिस राउफले २-२ विकेट लिए।त्यसअघि पाकिस्तानको मुल्तान रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले ६ विकेटको क्षतिमा ३४२ रन जोड्यो।पाकिस्तानका लागि कप्तान बाबर आजम र इफ्तिखर अहमदले शतक प्रहार गरे। 

आइसिसी विश्व ब्याट्सम्यान वरीयताको शीर्ष स्थानमा रहेका बाबरले १५१ रन जोडे। अन्तिम ओभरमा नेपालका सोमपाल कामीको बलमा क्याच हुनुअघि उनले १३१ बलमा १४ चौका र ४ छक्का प्रहार गरे।यस्तै इफ्तिखरले नटआउट १०९ रन जोडे। उनले ७१ बलमा ११ चौका र ४ छक्का प्रहार गरे।

बाबर र इफ्तिखरबीच पाँचौ विकेटका लागि २२४ रनको साझेदारी भएको थियो।त्यसअघि नेपालले पहिलो पावरप्लेमा पाकिस्तानका दुवै ओपनरलाई आउट गर्न सफल भयो।नेपालका लागि करण केसीले पहिलो सफलता दिलाएका थिए। करणले फखर जमानलाई विकेटकिपर आसिफ शेखको उत्कृष्ट क्याचमार्फत् १४ रनमा आउट गरेका थिए। यस्तै कप्तान रोहितकुमार पौडेलले डाइरेक्ट हिटमार्फत् इमाम उलहकलाई ५ रनमा रनआउट गरेका थिए। 

विश्वकै शीर्ष वरीयताको टिमबिरुद्ध नेपालले पहिलो पावर ‌ओभरमा २ विकेट लिँदा ४४ रन खर्चिएको थियो। नेपालले तेस्रो विकेटको रुपमा मोहमद रिजवानलाई २३.४ ओभरमा ४४ रनमा रनआउट गर्‍यो। उनलाई दीपेन्द्रसिंह ऐरीले डाइरेक्स हिटमार्फत् रनआउट गरेका थिए।

नेपालका लागि चौथो विकेट सन्दीप लामिछानेले लिए। उनले अघा सलमानलाई ५ रनमा कुशल भुर्तेलबाट क्याच गराए।बलिङमा नेपालका सोमपाल कामीले ३ विकेट लिन सफल भए।समूह ‘ए’ मा रहेको नेपालले समूहको अन्तिम तथा दोस्रो खेल भदौ १८ मा भारतसँग खेल्नेछ। सो खेल श्रीलंकामा हुनेछ।

त्यसअघि यो समूहको अर्को खेलमा भारत र पाकिस्तानबीच भदौ १६ मा श्रीलंकामा खेल हुनेछ।

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL