Breaking News Wednesday, 9 Aug, 2023
Prestige Media

२४ घन्टामा १४ ठाउँमा बाढीपहिरो

वैशाखयता बाढीपहिरोलगायत घटनामा परेर १३० जनाको ज्यान गइसकेको छ भने ३४ बेपत्ता र ४ हजार ६३१ घरपरिवार प्रभावित बनेको प्राधिकरणको तथ्यांक ।

काठमाडौं– सोमबार रातीदेखि निरन्तर भइरहेको वर्षाका कारण पछिल्लो २४ घन्टामा विभिन्न १४ स्थानमा बाढीपहिरो जाँदा दुई जनाको मृत्यु र पाँच जना बेपत्ता भएको गृह मन्त्रालयको विपद् महाशाखाले जनाएको छ ।

पहिरोमा परेर मकवानपुर र धनुषाका नागरिक रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बताएको हो ।
बाढीपहिरोमा परेर हालसम्म सात जना बेपत्ता भएको प्राधिकरणका प्रवक्ता धु्रवबहादुर खड्काले जानकारी दिए। पाल्पामा पहिरो जाँदा तीन जना घाइते भएका छन् ।

निरन्तरको वर्षाका कारण कैलाली, कञ्चनपुरलगायत तराईका अधिकांश जिल्ला बाढी र डुबानको चपेटामा परेका छन् । अविरल वर्षा, बाढीपहिरो र डुबानमा परेर दुई वटा घर पूर्ण रूपमा क्षतिग्रस्त बनेका र ९ घरपरिवार पूर्ण प्रभावित भएको खड्काले बताए ।

काठमाडौं उपत्यकामा सोमबार र मंगलबार रातैभरि वर्षा हुँदा बागमती, विष्णुमती, रुद्रमतीलगायतका ठूला तथा साना नदीको बहाव बढेर विभिन्न क्षेत्रलाई डुबानमा पारेको छ ।

चितवन, मकवानपुर, नवलपरासी क्षेत्रमा पनि वर्षाले नारायणी, राप्तीलगायतका ठूला तथा मझौला नदीको पानी स्तर बढेको छ ।
जल तथा मौसम विज्ञान विभागले जनाएअनुसार अझै केही दिन निरन्तर वर्षा हुने सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन् ।

विगत २४ घन्टामा सबैभन्दा बढी वर्षा कैलालीको चिसापानीमा ४२४.२ मिलिमिटर मापन भएको छ । गण्डकी, बागमती र लुम्बिनी प्रदेशमा बढी वर्षा भएको महाशाखाले बताएको छ ।वैशाखयता बाढीपहिरोलगायत घटनामा परेर १३० जनाको ज्यान गइसकेको छ भने ३४ बेपत्ता र ४ हजार ६३१ घरपरिवार प्रभावित बनेको प्राधिकरणको तथ्यांक छ ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

बालेनलाई आङ्देम्बेले भने– तपाईंलाई प्रधानमन्त्री र संवैधानिक परिषद अध्यक्षको हैसियतमा म चिन्दिनँ

ट्राफिक कारबाहीमा १३ लाख ३३ हजार राजस्व सङ्कलन

दक्षिण कोरियाले बढायो भिसा शुल्क

इरानले भन्यो- खामेनी हत्याको बदला अवस्य लिनेछौं

ठमेलमा अश्लील क्रियाकलापमा संलग्न पाँच विदेशी महिला पक्राउ

रास्वपाका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ आज

विद्यार्थी ओराल्दा विद्यालयको बसले एक बालिका र सहचालक किच्यो, दुवैको मृत्यु

पराग्वेसँग पराजित हुँदै चार पटकको विजेता जर्मनी बाहिरियो

२३ औं राष्ट्रिय धान दिवस : नारामा आत्मनिर्भर, बिउमा परनिर्भर

पेट्रोलियम पदार्थको मूल्य घट्न केही समय लाग्छ : अर्थमन्त्री

उपसभापतिको जिम्मेवारीले अझै धेरै उत्तरदायित्व महसुस गरेको छु : गौतम

आज एउटै मञ्चबाट भाषण गर्दै ओली, प्रचण्ड र माधव नेपाल

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL