वेस्ट इन्डिजसँग नेपालको पराजय
काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप छनोट क्रिकेट प्रतियोगितामा नेपाल वेस्ट इन्डिजसँग १०१ रनले पराजित भएको छ । बिहीबार हरारे क्रिकेट मैदानमा भएको खेलमा नेपाल दुई पटकको विश्व विजेता वेस्ट इन्डिजसँग पराजित हुन बाध्य भएको हो ।
जिम्बाव्वेको हरारेमा पहिले ब्याटिङ गरेको वेष्ट इण्डिजले शाई होप र निकोलस पुरनको शतकको मद्दतमा निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३३९ रन बनायो ।जिम्बाव्वेको हरारेमा पहिले ब्याटिङ गरेको वेष्ट इण्डिजले शाई होप र निकोलस पुरनको शतकको मद्दतमा निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३३९ रन बनायो ।

खेलपछि वेष्ट इण्डिजका कप्तान होपले नेपालले निकै जोश र निडरताका साथ खेलेको प्रतिक्रिया दिएका छन् । नेपाली ब्याट्सम्यानहरुले होल्डर, जोसफ, मेयर्स र पछि अकिल जस्ता बलरलाई सामना गर्न निकै संघर्ष गर्नुपरेको भन्दै उनले भने, ‘उनीहरुले लगभग पुरै ओभर खेले । एउटा अनुभवी टिमसँग खेल्नु उनीहरुका लागि सिक्ने अवसर पनि हो ।’
बिहीबारै भएको अर्को खेलमा नेदरल्याण्ड्सले अमेरिकालाई ५ विकेटले हरायो । टस हारेर पहिले ब्याटिङ गरेको अमेरिकालाई २११ रनमा समेटेको नेदरल्याण्ड्सले ४० बल बाँकी रहँदै पाँच विकेटको क्षतिमा लक्ष्य भेटायो । हारसँगै अमेरिका एक खेल बाँकी रहँदै विश्वकप छनोटबाट बाहिरिएको छ ।







