विश्व Wednesday, 21 Jun, 2023
Prestige Media

चीनसँग संवादको भोलिपल्टै बाइडेनको टिप्पणी : सी तानाशाही हुन्

एजेन्सी । अमेरिका र चीनबीच उच्च तहको वार्ताको भोलिपल्टै राष्ट्रपति जो बाइडेनले आफ्ना समकक्षी सी जिनपिङलाई तानाशाह भनेका छन् । क्यालिफोर्नियामा आयोजित कार्यक्रममा उनले सीलाई तानाशाह भनेका हुन् ।

अमेरिकी हवाइ इलाकामा चीनले पठाएको जासुसी बेलुन झारेको प्रसंग उठाउँदै बाइडनेले सीप्रति कडा टिप्पणी गरेका हुन् । अमेरिकाले जासुसी बेलुन खसालेसँगै तानाशाही सी लज्जित भएको उनको टिप्पणी थियो । ‘अमेरिकाले जासुसी बेलुन खसाल्दा सी निकै तनावमा पुगे । आफ्नो षड्यन्त्र विफल हुनुभनेको  कुनैपनि तनाशाहका लागि लज्जाको क्षण हो’, बाइडेनले भनेका छन् ।

गत फेब्रुअरीमा चीनले अमेरिकी हवाइ क्षेत्रमा जासुसी बेलुन पठाएको थियो । मौसमी अवस्था बुझ्न बेलुन पठाएको चीनले दाबी गर्दै आएको छ । तर अमेरिकाले जासुसीको उद्देश्यले चीनले बेलुन पठाएको बताउँदै आएको छ ।

बाइडेनको पछिल्लो भनाइप्रति बेइजिङले कुनै प्रतिक्रिया जनाएको छैन । वासिङ्टनले विदेशमन्त्री एन्टोनी ब्लिंकेनलाई पठाएर चिसिएको समबन्ध सुधारको पहल गरेको भोलिपल्टै बाइडेनको टिप्पणी आएको हो ।

५ वर्षयता चीनमा अमेरिकी उच्च अधिकारी नपुगेको अवस्थामा ब्लिंकेनले सम्बन्ध सुधारको प्रयास गरेका थिए । उनले समकक्षी क्वीन गाङ तथा राष्ट्रपति सीसँगै भेट गरेर स्थिर सम्बन्धको वातावरण बनाउन पहल गरेका थिए ।

६१ वर्षीय कुटनीतिज्ञ ब्लिंकेनको प्रयत्नलाई बाइडेनले उच्च प्रशंसा गरेको भोलिपल्टै उनले आफ्ना समकक्षी सीबारे नकारात्मक टिप्पणी गरेका छन् । चीन र अमेरिकाले उच्च तहमा वार्ता गरेपछि  दुई मुलुकको सम्बन्धमा सुधार आउने  अपेक्षा गरेकाहरूलाई बाइडेनको पछिल्लो प्रतिक्रियाले निराश बनाएको छ । उच्च तहको भेटवार्तापछि प्यासिफिक क्षेत्रका राष्ट्रसँगै अष्ट्रेलियादेखि दक्षिणपूर्वी एशियाली राष्ट्रहरु निकै आशावादी देखिएका थिए ।

‘अमेरिका र चीनको दुश्मनीकाबीच सबै बाँचिरहेका छन् तर कसैले पनि यो दुश्मनी चाहेका भने छैनन् । उच्च तहको वार्ताले आशा जगाएपनि सम्बन्ध सुधारमा अब संकेत देखिएन’, दक्षिण कोरियाको सोलस्थित योन्से विश्वविद्यालयका प्राध्यापक जोन डेर्ली भन्छन् ।

अमेरिका र चीनको दुश्मनीलाई लिएर युरेसिया ग्रुप फाउन्डेसनले एक अध्ययन गरेको थियो । जसमा दक्षिण कोरिया, फिलिपिन्स र सिंगापुरबाट ९० प्रतिशत सहभागी थिए । उनीहरूले अमेरिका र चीनबीचको तनावले निम्त्याउन सक्ने मुठभेडबारे आफूहरू निकै चिन्तित रहेको र यसले आफ्नो मुलुकलाई समेत असर पुर्‍याएको बताएका छन् । ‘अमेरिका र चीनबीचको दुश्मनी मुठभेडतर्फ नजाओस् भन्ने चाहना धेरैको छ । आक्रोशित आरोप-प्रत्यारोप र तनाव नघटाउने हो भने यसले निश्चय पनि दुर्घटना निम्त्याउने भन्दै अन्य मुलुकहरू चिन्तित छन्’, बोनी ग्लयासर भन्छन् । बोनी जर्मन मार्सल फण्डका निर्देशक हुन् ।

दुई मुलुकबीचको दुश्मनी वा प्रतिस्पर्धा राजनीतिक र व्यापारिक स्वार्थभन्दा पर गएको छ । विश्व व्यापार वा सेमिकन्डकरबाट पर उनीहरूको लडाइँ आफ्नो  सुरक्षाका लागि भएको देखिन्छ ।

दक्षिण कोरिया र जापान दशकदेखि अमेरिकाको सहयोगी रहेका छन् । इतिहासका केही विषयले दक्षिण कोरिया र जापानबीचको  सम्बन्ध राम्रो छैन । तर यी दुबै मुलुकलाई उत्तर कोरियाबाट खतरा छ । बेइजिङको उत्तर कोरियासँग साँठगाँठ रहेको भन्दै उनीहरूले अझ खतरा महसुस गरिरहेका छन् ।

यता फिलिपिन्सले पनि अमेरिकी सैन्य अड्डा थपका लागि स्वीकृति दिएको छ । टोकियोले पनि मनिलालाई सैन्य सहयोग गरिरहेको छ । दोस्रो विश्वयुद्धपछिकै पहिलो पटक जापानी सैन्य संयन्त्र पहिलोपटक फिलिपिन्सको तटमा देखापरेका छन् ।

दुई मुलुकको तनावका तरंग प्रशान्त क्षेत्रका टापुसम्म पुगेका छन् । बेइजिङले  सोलोमन आइसल्याण्डसँग रणनीतिको सम्झौता गरेको दुई महिनामै वासिंटनले पनि पपुवा न्युगीनीसँग सैन्य तथा रणनीतिक सम्झौता गरेको छ ।  अमेरिकी सहयोगी राष्ट्रहरूले समेत तनाव साम्य हुनुपर्ने चाहना राखेका छन् । वासिंटनले पनि त्यसलाई आवश्यकता मध्यनजर गर्दै ५ वर्षपछि उच्च तहको वार्ता गरेर स्थिर सम्बन्ध स्थापना गर्ने सैद्धान्तिक सहमति गरेर फर्किएको भोलिपल्टै बाइडेनले चीनलाई चिढ्याउने अभिव्यक्ति दिए ।

सन् २०२४ को राष्ट्रपतीय निर्वाचनमा होमिएका बाइडेनले तत्कालै चीनसँग सहमतिको विन्दुमा पुगे चुनावमा आफूलाई घाटा हुनसक्ने आकलन गरेको विश्लेषण भइरहेको छ । ब्लिंकेनलाई चीन पठाएसँगै बाइडेनका प्रतिस्पर्धी र प्रतिपक्षी रिपब्लिकनले चीनप्रति उनी निकै नरम रहेको आरोप लगाएर मौखिक आक्रमणमा उत्रिए । आफ्नो आलोचना बढ्दै जान थालेपछि बाइडेनले सीलाई फेरि तनाशाही भनिदिए । बाइडेनको अभिव्यक्तिप्रति चीनले अझै केही प्रतिक्रिया भने जनाएको छैन ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

हङ्गेरीमा नयाँ प्रधानमन्त्रीले लिए शपथ, को हुन् पिटर मग्यार ?

इरानका सभामुखलाई अमेरिकाले सत्ता सुम्पन सक्ने!

पुन निर्माणका लागि कोष स्थापना गरी सबैतर्फबाट सहयोग लिने नबनियुक्त उर्जामन्त्री घिसिङको भनाइ

प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद्‍मा तीन जना सदस्य थप्ने निर्णय

रेशमलाल चौधरी नागरिक उन्मुक्ति पार्टी परित्याग

जेनजी आन्दोलनका मृतकलाई सहिद र परिवारलाई १० लाख उपलब्ध गराउने घोषणा

चीन र रुसका राष्ट्रपतिबीच रणनीतिक र व्यापारिक साझेदारीबारे छलफल

राज्य व्यवस्था समितिको सभापतिमा न्यौपाने निर्विरोध

प्रधानमन्त्रीलाई भारत भ्रमणको औपचारिक निमन्त्रणा

राष्ट्रपति पौडेलसँग भारतका विदेश सचिवको शिष्टाचार भेट

प्रचण्डसँग भारतका विदेश सचिवको शिष्टाचार भेट

पाँच महिनाभित्र ‘फाइब’जी’ सेवा सुरु हुन्छ : संचारमन्त्री

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL