विश्व Friday, 2 Jun, 2023
Prestige Media

स्टेजमै लडे अमेरिकी राष्ट्रपति बाइडेन

अमेरिकी राष्ट्रपति जो बाइडेन मञ्चमै लडेका छन्।शुक्रबार कोलोराडोस्थित अमेरिकी वायुसेना एकेडेमीमा आयोजित दीक्षान्त समारोहमा अन्तिम प्रमाणपत्र दिएर आफ्नो सिटतर्फ आउँदै गर्दा उनी लडेका हुन्।

८० वर्षीय  बाइडेनले वायु सेनाका ग्राजुयटहरूलाई प्रमाणपत्र वितरण गर्नुअघि मन्तव्य राखेका थिए।वायुसेनालाई हौसला प्रदान गर्न बाइडेनले उर्जावान् भाषण दिएको न्यूयोर्क टाइम्सले उल्लेख गरेको छ।मन्तव्य र प्रमाणपत्र वितरणपछि आफ्नो सिटतर्फ आउँदै गर्दा उनी केही चिजमा अल्झिएको जसरी मञ्चमै पछारिएका थिए।

उनी लडेको भिडिओ सामाजिक सञ्जाल र सञ्चारमाध्यमहरूमा भाइरल बनेको छ।बाइडेन लडेपछि त्यहाँ उपस्थित सेनाका अधिकारीहरूले उनलाई उठाएका थिए।उनी आफै पनि उठ्न प्रयास गरिरहेको भिडिओमा देख्न सकिन्छ। उठेपछि उनी आफै सिटमा गएर बसेका थिए।राष्ट्रपति बाइडेनलाई चोट भने नलागेको ह्वाइट हाउसले जनाएको छ।

‘उहाँ ठिक हुनुहुन्छ,’ ह्वाइट हाउसका सञ्चार निर्देशक बेन लाबोल्टले ट्वीटरमा लेखेकी छन्।बाइडेन यसअघि पनि एक सार्वजनिक कार्यक्रममा लडेका थिए। उनी लडेपछि पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले बाइडेनसँग अमेरिकाको नेतृत्व गर्ने सामर्थ्य नभएको टिप्पणी गरेका थिए।अन्य विभिन्न राष्ट्रपतिहरू पनि कार्यक्रमको दौरानमा मञ्चमा लडेका घटनाहरू छन्। सधैँ क्यामेराले घेरिने राष्ट्रपतिहरू लड्दा केही असहज माहोल बन्ने गर्छ।एजेन्सी

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

हङ्गेरीमा नयाँ प्रधानमन्त्रीले लिए शपथ, को हुन् पिटर मग्यार ?

इरानका सभामुखलाई अमेरिकाले सत्ता सुम्पन सक्ने!

पुन निर्माणका लागि कोष स्थापना गरी सबैतर्फबाट सहयोग लिने नबनियुक्त उर्जामन्त्री घिसिङको भनाइ

प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद्‍मा तीन जना सदस्य थप्ने निर्णय

रेशमलाल चौधरी नागरिक उन्मुक्ति पार्टी परित्याग

जेनजी आन्दोलनका मृतकलाई सहिद र परिवारलाई १० लाख उपलब्ध गराउने घोषणा

चीन र रुसका राष्ट्रपतिबीच रणनीतिक र व्यापारिक साझेदारीबारे छलफल

राज्य व्यवस्था समितिको सभापतिमा न्यौपाने निर्विरोध

प्रधानमन्त्रीलाई भारत भ्रमणको औपचारिक निमन्त्रणा

राष्ट्रपति पौडेलसँग भारतका विदेश सचिवको शिष्टाचार भेट

प्रचण्डसँग भारतका विदेश सचिवको शिष्टाचार भेट

पाँच महिनाभित्र ‘फाइब’जी’ सेवा सुरु हुन्छ : संचारमन्त्री

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL