विश्व Sunday, 14 May, 2023
Prestige Media

कर्नाटकामा कंग्रेस आईलाई पूर्ण बहुमत

कर्नाटका विधानसभा निर्वाचनमा कंग्रेस आईले बहुमत प्राप्त गरेको छ। शनिबारदेखि सुरू भएको मतगणनाको अन्तिम परिणामअनुसार विधानसभाको १३६ सिट जित्दै कंग्रेसले सत्तामा पुनरागमन गरेको हो। 

कर्नाटका विधानसभामा २२४ सिट छन्। यहाँ बहुमतको सरकार बनाउन कम्तिमा ११३ सिट आवश्यक रहन्छ। १३६ सिट जितेको कंग्रेसले अब प्रदेशमा एकल बहुमतको सरकार बनाउनेछ।टाइम्स अफ इन्डियाका अनुसार कर्नाटकामा कंग्रेसको जित १९८९ पछिको सबैभन्दा ठूलो जित हो। यहाँ अघिल्लो निर्वाचनमा १०४ सिट जितेको सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) यसपालि ६५ सिटमा खुम्चिन पुगेको छ।अबको पाँच वर्ष भाजपा सरकारबाहिर रहनेछ।

भारतका विभिन्न राजनीतिज्ञहरूले कर्नाटकामा भाजपाको हारलाई प्रधानमन्त्री नरेन्द्र मोदीको हार भनेका छन्। लगातार दुई कार्यकाल सत्ता चलाइरहेका मोदीलाई कर्नाटकाको चुनावी परिणामले ठूलो धक्का लागेको छ।कर्नाटकामा भाजपा पराजय हुनुको सम्पूर्ण जिम्मेवारी लिँदै मुख्यमन्त्री बासवराज बोम्माईले राजीनामा दिएका छन्। 

यहाँ जेडिएसले १९ र अन्य दलले ४ सिट जितेको छ। कंग्रेसले बहुमत ल्याएपछि अब त्यहाँको मुख्यमन्त्री को बन्ने भन्ने विषय पेचिलो बन्ने भारतीय सञ्चारमाध्यमहरूले बताएका छन्। त्यहाँ प्रदेश अध्यक्ष डीके शिवकुमार र पूर्वमुख्यमन्त्री सिद्धारमैयाले मुख्यमन्त्रीको दाबी गर्दै आएका छन्।

मुख्यमन्त्रीको विषयमा छलफल गर्न कंग्रेसले आज बैठक बोलाएको छ। कर्नाटकामा बुधबार विधानसभाको निर्वाचन सम्पन्न भएको थियो। निर्वाचनम ७३.१९ प्रतिशत मत खसेको थियो। यसलाई अहिलेसम्मकै रेकर्ड भनिएको छ। 

कर्नाटकाको  सत्तामा पुनरागमन हुनुको महत्व कंग्रेसका लागि त्यो राज्यमा मात्र सीमित हुने छैन।यही वर्ष छत्तीसगढ, मध्यप्रदेश, मिजोरम, राजस्थान र तेलंगनामा विधान सभाको चुनाव हुँदैछ। छत्तीसगढ र राजस्थानमा कंग्रेसको सरकार छ।ती राज्यमा आफ्नो सरकार जोगाएर अन्त पनि बहुमत ल्याउन कंग्रेसलाई कर्नाटकाको जितले हौसला दिनेछ।

त्योसँगै अर्को वर्ष हुने आम निर्वाचनका लागि पनि कर्नाटकाको चुनावले अर्थ राख्नेछ। कर्नाटकामा लोकसभाका २८ सिट छन्।एजेन्सी

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

हङ्गेरीमा नयाँ प्रधानमन्त्रीले लिए शपथ, को हुन् पिटर मग्यार ?

इरानका सभामुखलाई अमेरिकाले सत्ता सुम्पन सक्ने!

पुन निर्माणका लागि कोष स्थापना गरी सबैतर्फबाट सहयोग लिने नबनियुक्त उर्जामन्त्री घिसिङको भनाइ

प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद्‍मा तीन जना सदस्य थप्ने निर्णय

रेशमलाल चौधरी नागरिक उन्मुक्ति पार्टी परित्याग

जेनजी आन्दोलनका मृतकलाई सहिद र परिवारलाई १० लाख उपलब्ध गराउने घोषणा

चीन र रुसका राष्ट्रपतिबीच रणनीतिक र व्यापारिक साझेदारीबारे छलफल

राज्य व्यवस्था समितिको सभापतिमा न्यौपाने निर्विरोध

प्रधानमन्त्रीलाई भारत भ्रमणको औपचारिक निमन्त्रणा

राष्ट्रपति पौडेलसँग भारतका विदेश सचिवको शिष्टाचार भेट

प्रचण्डसँग भारतका विदेश सचिवको शिष्टाचार भेट

पाँच महिनाभित्र ‘फाइब’जी’ सेवा सुरु हुन्छ : संचारमन्त्री

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL