Breaking News
Tuesday, 2 May, 2023
यूएईलाई हराउँदै एसीसी प्रिमियर कपको उपाधि नेपाललाई
काठमाडौं । यूएईलाई ७ विकेटले हराउँदै नेपालले नेपालले एसीसी प्रिमियर कपको उपाधि जितेको छ । यससँगै नेपालले एसिया कपमा पनि स्थान बनाएको छ ।
पहिलो ब्याटिङ गरेको यूएईले नेपाल सामु ११८ रनको लक्ष्य प्रस्तुत गरेको थियो । नेपालले उक्त लक्ष्य ३० ओभर ३ बलमा ३ विकेटको क्षतिमा पूरा गरेको हो । खेलमा गुल्सन झाले ६७ रनको योगदान दिए भने भीम सार्कीले ३६ रनको योगदान दिए ।
यसअघि कप्तान रोहित पौडेल १ रन बनाएर रोहन मुस्तफाको शिकार बनेका थिए । त्यस्तै सातौँ ओभरमा आशिफ शेख ८ रन बनाएर आउट भएका थिए । आयाल अफजल खानको बलमा उनी एल्बीडब्लू आउट भए । दोस्रो ओभरमा नै कुशल भुर्तेल १ रन बनाएर मुस्तफाकै बलमा आउट भएका थिए ।







