Breaking News
Monday, 1 May, 2023
नेपाल र यूएईको बाँकी खेल भोलि हुने
काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेटको फाइनलमा नेपाल र यूएईको बाँकी खेल भोलि हुने भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) का अनुसार भोलि आजकै स्थितिबाट युएईको (१०६/९- २७.३ ओभर) ब्याटिङ सुरू हुनेछ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा सोमबार नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको युएईले २७.३ ओभरमा ९ विकेटको क्षतिमा १०६ रन बनाउँदा खेल वर्षाले रोकिएको थियो यूएईका लागि आसिफ खानले सर्वाधिक ४६ रन बनाए भने आर्यन लाक्राले १३ तथा मुहमद वसिमले ११ रन बनाए । नेपालका लागि ललित राजवंशीले ३ तथा सन्दीप लामिछाने र करन केसीले २–२ विकेट लिएका छन् । गुल्सन झा र सोमपाल कामीले १–१ विकेट लिएका छन् ।
यो खेलको विजेता एसिया कपमा छनोट हुनेछ भने एसिया कपमा भारत र पाकिस्तानसँग खेल्नेछ।







