खेलकुद Tuesday, 21 Mar, 2023
Prestige Media

एसिया लायन्सले जित्यो लिजेन्ड्स लिग क्रिकेटको उपाधि

काठमाडौं ।नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का सम्मिलित एसियन लायन्सले लिजेन्ड्स लिग क्रिकेट मास्टर्सको उपाधि जितेको छ। 

कतारको दोहास्थित वेस्ट इन्ड पार्क क्रिकेट मैदानमा सोमबार राति भएको फाइनलमा लायन्सले वर्ल्ड जायन्ट्सलाई ७ विकेटले पराजित गर्दै च्याम्पियन बनेको हो ।

कतारको दोहामा भएको फाइनलमा पहिले ब्याटिङ गरेको जायन्ट्सले ४ विकेटको क्षतिमा १४७ रन जोड्यो। उसका लागि ज्याक कालिसले नटआउट ७८ रन जोडे। लेन्ड सिमन्सले १७ रन र रोस टेलरले नटआउट ३२ रन बनाए। बलिङमा लायन्सका अब्दुर रजाकले २ विकेट र थिसारा परेराले १ विकेट लिए। १४८ रनको लक्ष्य लायन्सले ३ विकेटको क्षतिमा १६.१ ओभरमा पूरा गर्‍यो। लायन्सको जितमा उपुल थारांगाले ५७ रन र तिलकरत्ने दिलशानले ५८ रन जोडे। 

खेलका नेपालका पूर्वकप्तान पारसले बलिङ र ब्याटिङ गर्न भने मौका पाएनन्। पारसले समूह चरणका दुई खेलमा भने ब्याटिङ गरेका थिए। 

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL