युएईमाथि नेपालको सानदार जित, जोगायो एकदिवसीय मान्यता
यूएईमाथि १७७ रनको जितसँगै नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता जोगाएको छ । साथै आईसीसी विश्वकप क्रिकेट लिग टू का बाँकी २ खेल जिते सिधै विश्वकप छनोटमा पुग्ने संभावना पनि कायम राखेको छ ।
आइसिसी विश्वकप लिग-२ अन्तर्गत आइतबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको महत्वपूर्ण खेलमा युएईलाई १७७ रनले पराजित गर्दै नेपालले आफ्नो एकदिवसीय मान्यता कायमै राखेको हो।त्रिवि क्रिकेट मैदानमा नेपालले जितका लागि दिएको २४९ रनको लक्ष्य पछ्याएको यूएईले २२ ओभर ५ बलमा सम्पूर्ण विकेट गुमाउँदै मात्र ७१ रन बनायो । यो जितसँगै नेपालले सन् २०२७ सम्मका लागि एकदिवसीय मान्यता जोगाएको छ । नेपालले सन् २०१८ मा एकदिवसीय मान्यता पाएको थियो ।
आइतबारको जितले नेपालको लिग-२ को शीर्ष पाँचभित्र पर्ने पक्का हुँदा अमेरिकालाई पछि पारेर अंक तालिकाको चौथो स्थानमा समेत उक्लिएको छ।







