खेलकुद Sunday, 5 Feb, 2023
Prestige Media

पीएसजीको जितमा मेसीको निर्णायक गोल

लियोनल मेसीको निर्णायक गोलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले शनिबार फ्रान्सेली लिग वानमा टुलोजलाई २–१ गोल अन्तरले हराएको छ। यो जितसँगै पीएसजीले अंक तालिकाको शीर्ष स्थानमा आठ अंकका अग्रता बनाएको छ।

एक गोलले पछि परेको स्थिति उल्ट्याउँदै पिएसजीले रोमाञ्चक जित निकाल्ने क्रममा थप गोल आचफर हामिमीले गरे। टुलोजका लागि ब्रान्को भान डेकोले गोल गरेका थिए।

ब्रान्को भान डेकोले खेलको २० औ मिनेटमा गोल गर्दै  टुलोजलाई सुरूआती अग्रता दिलाएका थिए।तर खेलको ३८ औं मिनेटमा आचरफ हाकिमीको गोल गर्दै खेललाई पहिलो हाफमा १-१ गोलको बराबरीमा ल्याए।त्यसपछि खेलको ५८ औं मिनेटमा मेसीले गोल गर्दै पिएसजीलाई अग्रता दिलाए।  मेसीले २५ यार्डबाट गरेको उत्कृष्ट गोलनै निर्णयाक बन्दा पिएसजीले महत्वपूर्ण ३ अंक जोडेको छ।

चोटका कारण केयलिन एम्बाप्पे र नेयमारलाई गुमाइरहेको पीएसजीका लागि मेसीले यस सिजन आफ्नो दसौं लिग गोल गरेका हुन्। उनले यो सिजन समग्रमा १५ गोल गरिसकेका छन्।

यो जितले पीएसजीको २२ खेलबाट ५४ अंक भएको छ। दोस्रो स्थानमा रहेको मार्सेइलो २१ खेलबाट ४६ अंकसहित दोस्रो स्थानमा छ। तेस्रो स्थानको लेन्सले ४५ अंक जोडेको छ।एजेन्सी

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL