खेलकुद Monday, 30 Jan, 2023
Prestige Media

न्युजिल्यान्डमाथि भारतको रोमान्चक जित

भारतले दोस्रो टी २० अन्तर्राष्ट्रिय खेलमा न्युजिल्यान्डमाथि ६ विकेटको रोमाञ्चक जित निकालेको छ।योसँगै घरेलु टोलीले तीन टी-२० अन्तर्राष्ट्रिय खेलको सिरिज १-१ को बराबरीमा ल्याएको छ।

जितको लागि १ सय रनको विजयी लक्ष्य पछ्याएको भारतले अन्तिम बल बाँकी रहँदै ४ विकेट गुमाएर पूरा गर्‍यो।भारतको जितमा सूर्यकुमार यादवले सर्वाधिक २६ रन बनाए। ३१ बलमा १ चौकासहित उनी अविजित रहे। यस्तै हार्दिक पान्ड्या २० बलमा १ चौकासहित १५ रनमा अविजित रहे। 

भारतलाई जितको लागि अन्तिम ६ बलमा ६ रन आवश्यक थियो। तीव्र गतिका बलर ब्लेयर टिकनरले पहिलो पहिलो बलमा हार्दिक पान्ड्यालाई एक रन दिए। दोस्रो बल सूर्यलाई डट राखे। तेस्रो बलमा कट एण्ड बोल्ड गर्न चुकेका थिए। चौथौ बलमा एक रन दिएपछि दुई बलमा तीन रन आवश्यक थियो। पाँचौं बलमा सूर्यले चौका हान्दै रोमाञ्चक जित दिलाए। 

यसअघि ओपनर ईशान किशनले १९ रन बनाउँदा शुभमन गिलले ११ रन बनाए।  राहुल त्रिपाठीले १३ रन बनाउँदा वासिन्टन सुन्दरले १० रन जोडे।न्युजिल्यान्डका स्पिनर माइकल ब्रेसवेलले र ईश सोधी १-१ विकेट लिए।

त्यसअघि लखनऊमा टस जितेर पहिला ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ९९ रन बनाएको थियो। न्युजिल्यान्डका कप्तान मिचेल सान्टनारले सर्वाधिक १९ रन बनाएर नटआउट रहे। यस्तै मार्क च्यापम्यान र माइकल ब्रेसवेलले समान १४–१४ रन बनाउँदा फिन आलेन र डेभोन कन्वेले समान ११-११ रन बनाएर आउट भए।  अन्य कुनै पनि न्युजिल्यान्डका ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

भारतका अर्शदीप सिंहले २ विकेट लिँदा कुलदीप यादव, युजभेन्द्र चहल, दीपक हुडा, वासिन्टन सुन्दर र हार्दिक पान्ड्याले समान १-१ विकेट लिए। यसअघि पहिलो खेलमा न्युजिल्यान्ड २१ रनले विजयी भएको थियो। अब तेस्रो तथा अन्तिम खेल बुधबार अहमदाबादमा हुनेछ।एजेन्सी

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL