खेलकुद
Friday, 27 Jan, 2023
केपी ओली कप फुटबल प्रतियोगिता हुने
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नाममा हुने राष्ट्रिय स्तरको गोल्डकप फुटबल प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ नगद पुरस्कार पाउने भएको छ ।
केपी ओली कप फुटबल प्रतियोगिता आयोजक एमालेको भातृ संगठन युवा संघ नेपालले शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता फागुन ११ देखि १७ गतेसम्म काठमाडौंमा हुने घोषणा गरेको हो ।








