Breaking News Wednesday, 18 Jan, 2023
Prestige Media

हेलिकप्टर दुर्घटनामा परी युक्रेनका गृृहमन्त्रीसहित १८ जनाको मृत्यु

युक्रेनका गृहमन्त्रीको हेलिकप्टर दुर्घटनामा परी निधन भएको छ।बिबिसीका अनुसार राजधानी किएभको बाहिरी भेगस्थित शिशु पाठशालानजिक बुधबार भएको हेलिकप्टर दुर्घटनामा परी गृहमन्त्रीसहित १८ जनाको मृत्यु भएको हो। 

दुर्घटनामा ३ जना बालबालिका पनि मारिएको अधिकारीहरूले बताएका छन् । राष्ट्रिय प्रहरी प्रमुख इगोर क्लेइमन्कोले अहिलेसम्म १८ जनाको ज्यान गएको जानकारी प्राप्त भएको बताएका छन्।

गृह मन्त्रालयका कैयौं उच्च अधिकारी, गृहमन्त्री डेनिस मोनास्ट्रास्के र उनका उपमन्त्रीको ज्यान गएको छ। हेलिकप्टरमा मन्त्रीसँगै अन्य ८ उच्च पदस्थ कर्मचारी थिए। ४२ वर्षीय मोनास्ट्रास्के दुई वर्षअघि गृहमन्त्री नियुक्त भएका थिए। उनी राष्ट्रपति जेलेनेस्की मन्त्रिपरिषदका प्रमुख सदस्य थिए।

दुर्घटनामा घाइते भएका दश जना बालबालिकासहित २२ जनालाई अस्पताल भर्ना गरिएको छ। दुर्घटनाका बेला शिशु पाठशालामा कर्मचारी र बालबालिका थिए। प्रहरी र चिकित्साकर्मी दुर्घटनास्थलमा उद्धार तथा उपचारमा सक्रिय छन्।

राष्ट्रिय प्रहरी प्रमुख इहोर क्लाइमेन्कोका अनुसार उक्त हेलिकप्टर युक्रेनको राज्य आपतकालीन सेवाको लागि प्रयोग हुँदै आएको थियो।युक्रेनको राष्ट्रपति कार्यालयका उपप्रमुख किरिलो टिमोसेन्कोका अनुसार मोनास्ट्रास्के युद्ध भइरहेको ‘हटस्पट’ मा जाँदै थिए।एजेन्सी

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

यी स्थानमा हल्का वर्षाको सम्भावना

यमनको राष्ट्रपति भवन परिसरमा हुथीको आक्रमण, सुरक्षागार्डसहित ५ जनाको मृत्यु

कलङ्कीमा कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढीमा दुई सय घर बगे, ओत खोज्दै स्थानीय

भसभसेमा सडक भासिँदा यातायात सञ्चालनमा समस्या

बूढीगण्डकीमा लेदोसहितको बाढी, केही घर बगाएको आशंका

दोधाराचाँदनीवासीलाई सञ्चार सेवा जोड्न खटिएका असई महाकालीमा बेपत्ता, खोजतलास जारी

पोखरामा विद्यार्थी बोकेको स्कुल बस दुर्घटना

पत्नी हत्यामा अमेरिकन आइडलका पूर्व गायकलाई जन्मकैद

आज ५ प्रदेशका एक-दुई ठाउँमा भारी वर्षाको सम्भावना

रत्नपार्क–भक्तपुर मेट्रो रेल चलाउने सरकारको तयारी, यस्तो छ सञ्चालनको विस्तृत खाका

विद्युतीय गाडीमा यात्रा गर्दा किन लाग्छ वाकवाकी ?

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL