विश्व Wednesday, 28 Dec, 2022
Prestige Media

जापानमा दैनिक दुई लाख बढीमा कोरोना संक्रमण

जापानमा पछिल्लो समयमा कोरोना भाइरसको संक्रमण तीव्र रूपमा बढेको छ। जापानको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा दुई लाख भन्दा बढी सक्रमित फेला परेका छन्। 

यो संख्या अगष्ट पछिकै सबैभन्दा धेरै हो। अगष्ट १९ मा जापानमा दुई लाख ६१ हजार २५२ जनामा सङ्क्रमण देखिएको थियो। पछिल्लो २४ घन्टामा २ लाख २ हजार ८५३ संक्रमित फेला पर्दा २७१ जनाको ज्यान गएको छ। यहाँ पछिल्लो समयमा गम्भीर प्रकृतिका सङ्क्रमितको सङ्ख्या पनि बढ्न थालेको जापान टाइम्सले जनाएको छ ।

यसैबीच जापानले चीनबाट आउने यात्रुहरूका लागि आफ्नो सीमा नियन्त्रणमा कडाई गर्न प्रधानमन्त्री फुमियो किशिदाले निर्देशनसमेत दिएका छन्।अक्टोबरमा विदेशी पर्यटकका लागि सिमा प्रतिबन्ध खुलाएपछि जापानले आफ्नो सिमाना कडा गरेको पहिलो पटक हो।

यस्तै एसियाली  मुलुकमध्ये दक्षिण कोरियामा ८७ हजार ५९६ जनामा संक्रमण देखिनुका साथै ५० जनाको ज्यान गएको छ। 

यस्तै अर्को एसियाली मुलुक ताइवानमा पछिल्लो २४ घन्टामा २४ हजार ४९८ जनामा संक्रमण देखिएको छ।  हङकङमा १८६२६ जनामा संक्रमण देखिएको छ। हङकङमा पछिल्लो २४ घन्टामा ५३ जनाले ज्यान गुमाएका छन्। 

यही हुन् पछिल्लो २४ घन्टामा सबैभन्दा बढी संक्रमित फेला परेका १० मुलुक

१. जापान- २०२८५३
२.दक्षिण कोरिया- ८७५९६
३. ब्राजिल- ३५८५६
४. ताइवान- २४४९८
५. हङकङ- १८६२६
६. अमेरिका – १७३०२
७. रसिया- ५१९७
८. चीन- ४४३६
९. पानामा- २८१७
१०. अष्ट्रिया- २४२२ 

एजेन्सी

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

हङ्गेरीमा नयाँ प्रधानमन्त्रीले लिए शपथ, को हुन् पिटर मग्यार ?

इरानका सभामुखलाई अमेरिकाले सत्ता सुम्पन सक्ने!

पुन निर्माणका लागि कोष स्थापना गरी सबैतर्फबाट सहयोग लिने नबनियुक्त उर्जामन्त्री घिसिङको भनाइ

प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद्‍मा तीन जना सदस्य थप्ने निर्णय

रेशमलाल चौधरी नागरिक उन्मुक्ति पार्टी परित्याग

जेनजी आन्दोलनका मृतकलाई सहिद र परिवारलाई १० लाख उपलब्ध गराउने घोषणा

चीन र रुसका राष्ट्रपतिबीच रणनीतिक र व्यापारिक साझेदारीबारे छलफल

राज्य व्यवस्था समितिको सभापतिमा न्यौपाने निर्विरोध

प्रधानमन्त्रीलाई भारत भ्रमणको औपचारिक निमन्त्रणा

राष्ट्रपति पौडेलसँग भारतका विदेश सचिवको शिष्टाचार भेट

प्रचण्डसँग भारतका विदेश सचिवको शिष्टाचार भेट

पाँच महिनाभित्र ‘फाइब’जी’ सेवा सुरु हुन्छ : संचारमन्त्री

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL