खेलकुद
Friday, 23 Dec, 2022
रोनाल्डो साउदी क्लबमा अनुबन्धित हुँदै
पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो साउदी अरेबियाको क्लब अल नसरमा अनुबन्ध हुने भएका छन्। साउदीको क्लब अल नसरले रोनाल्डोलाई वार्षिक कीर्तिमानी मूल्यमा अनुबन्ध गर्न लागेको हो।
नसरले रोनाल्डोलाई पहिलो २ वर्षका लागि वार्षिक १ सय ७५ मिलियन पाउन्डको अफर गरेको छ। २ वर्षपछि उनको पारिश्रमिक बढाएर वार्षिक २०० मिलियन पाउण्ड बनाएर ७ वर्षको सम्झौता गर्न लागेको गोल डटकमले जनाएको छ।
म्यानचेस्टर युनाईटेड छाडेपछि स्वतन्त्र रूपमा रहेका रोनाल्डोलाई क्लबमा भित्र्याउन साउदी क्लबले कीर्तिमानी मूल्यमा प्रस्ताव राखेको हो।
अनुबन्धको बारेमा छलफल गर्न रोनाल्डो साउदी अरेबियाको राजधानी रियाद पुगिसकेका छन्।







