खेलकुद Tuesday, 20 Dec, 2022
Prestige Media

अन्तर्राष्ट्रिय फुटबलबाट करिम बेन्जेमाको सन्यास

फ्रान्सका फरवार्ड करिम बेन्जेमाले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका छन्।आइतबार कतारमा सम्पन्न फिफा विश्वकप फुटबलको फाइनलमा अर्जेन्टिनासँग पराजित भएको भोलिपल्ट बेन्जेमाले सन्यासको घोषणा गरेका हुन् ।

मंगलबार आफ्नो ३५ औं जन्मदिन मनाइरहेका बेन्जेमाले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका हुन्। तिघ्रामा चोट बोकेका बेन्जेमाले फ्रान्सको टोलीमा रहेरु पनि विश्वकप गुमाएका थिए।

ब्ल्याकमेलिङ काण्डमा फसेपछि उनी २०१६ देखि २०२१ सम्म अर्थात झन्डै ५ वर्ष प्रतिबन्धित भएको थियो । बेन्जेमा फ्रान्सका लागि ९७ क्याप जित्दा ३७ अन्तर्राष्ट्रिय गोलसहित फ्रान्सको सर्वकालीन गोलकर्ताको सूचीमा पाँचौं स्थानमा रहेका छन् ।

‘म आज जुन स्थानमा छु, यसका लागि मैले गरेका प्रयासहरुमा मलाई गर्व छ।  यसक्रममा  गल्तीहरू पनि भएका छन्’, उनले सामाजिक सञ्जालमा भनेका छन्, ‘ यस क्रममा मैले मेरो कथा लेखेको छु र हाम्रो अन्त्य हुँदैछ।’ सन् २००७ मा डेब्यु गरेका उनले प्रशिक्षक डेसचम्प्सको नेतृत्वमा फ्रान्सेली राष्ट्रिय टोलीसँग उथलपुथलपूर्ण सम्बन्ध सहेका छन्। 

सन् २०१६ को यूरो र सन् २०१८ को विश्वकपबाट बाहिरिनु अघि उनले प्रमुख प्रतियोगितामा फ्रान्सको प्रतिनिधित्व गरे। तर सन् २०१५ मा, बेन्जेमा फ्रान्सका टोली साथी म्याथ्यु भाल्बुएनालाई मोबाइल फोनमा सेक्स टेपको कथित रेकर्डिङमा ब्ल्याकमेल गरेको आरोपमा पक्राउ परे।

त्यसको पाँच वर्षपछि सन् २०२० को युरोमा पुनरागमन गरे। स्विटजरल्याण्डसँग पेनाल्टी सुटबउटमा पराजित भएर बाहिरिनु अघि उनले युरोका ४ खेलबाट ४ गोल गरेका थिए। त्यसपछि, उनले नेसन्स लिगको उपाधि फ्रान्सलाई जिताएका थिए।

३५ वर्षिय बेन्जेमाले नेसन्स लिगको दोस्रो लेगमा डेनमार्कविरूद्ध गत जुनमा खेलेको खेल नै अन्तिम बनेको छ। त्यसपछि उनी फ्रान्सको विश्वकप टोलीमा समावेश भए पनि चोटबाट खेल्नै नपाई बाहिरिएका थिए।फ्रान्सका लागि ९७ खेल खेलेका उनले ३७ गोल गरेका छन्।

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL