Exclusive News Sunday, 29 Nov, 2020
Prestige Media

चिनियाँ रक्षामन्त्री आए, फर्किए

चीनको राज्यपरिषद् सदस्य तथा रक्षामन्त्री वेइ फेङ्हे नेपालको औपचारिक भ्रमणका लागि आइतबार काठमाडौं आएर उसै दिन फर्किएका छन् । उनलाई त्रिभुवन विमानस्थलमा गृहमन्त्री रामबहादुर थापाले स्वागत गरे ।
यसअघि विदेशी पाहुनासँग हात मिलाएर स्वागत गर्ने प्रचलन रहे पनि आइतबार भने गृहमन्त्री थापा र चिनियाँ रक्षामन्त्री फेङ्हेले कुहिनो जोडेर शिष्टाचार आदानप्रदान गरे । कोरोना हामारीका कारण हात मिलाउनुको सट्टा कुहिना ठोकाउने प्रचलन छ ।

रक्षामन्त्री वेइलाई गृहमन्त्री थापा, रक्षा मन्त्रालयका सचिव रेश्मीराज पाण्डे, नेपाली सेनाका रथी प्रभुराम शर्मा, नेपालका लागि चीनका राजदूत हउ यान्छी, परराष्ट्र मन्त्रालयका सहसचिव कालीप्रसाद पोखरेललगायतले स्वागत गरेका थिए ।
चिनियाँ विशिष्ट पाहुना २१ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै विशेष विमानबाट काठमाडौं अवतरण गरेका थिए । प्रतिनिधिमण्डलमा जनमुक्ति सेनाका उच्च अधिकारीसमेत छन् ।

त्रिभुवन विमानस्थलमा संक्षिप्त मन्तव्य दिँदै चिनियाँ रक्षामन्त्री फेङ्हेले पारस्परिक सैन्य सहयोग अभिवृद्धि गर्दै दुई देशबीचको विद्यमान सम्बन्धलाई थप सुदृढ तुल्याउन आफ्नो भ्रमणको उद्देश्य भएको बताए ।
चीन र नेपालबीच सबल एवं सुदृढ सम्बन्ध रहेको जनाउँदै यसलाई नयाँ उचाइमा पु¥याउने लक्ष्यका साथ आफू नेपाल आएको उनको भनाइ थियो ।

सैन्य तालिम सुचारु गर्न सहमत

कोरोना जोखिमका कारण प्रभावित नेपाली सेनाको तालिम तथा शिक्षार्थी आदानप्रदान सुचारु गर्न चिनियाँ रक्षामन्त्री जनरल वेई फेङ्हे सहमत भएका छन् । आइतबार जंगी अड्डामा फेङ्हे नेतृत्वको प्रतिनिधिमण्डल नेपाली सेनासँगको छलफलमा उनले सो सहमति जनाएका हुन् ।
चिनियाँ रक्षामन्त्री र प्रधानसेनापति पूर्णचन्द्र थापा सहभागी सामूहिक छलफलमा उक्त सहमति भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

नेपालको औपचारिक भ्रमणका क्रममा फेङ्हेले प्रधानसेनापति थापासँग जंगी अड्डामा शिष्टाचार भेट गरे । पूर्वघोषित नेपाली सेनाको विपद व्यवस्थापन क्षमता अभिवृद्धिका लागि चिनियाँ सरकारले २ अर्ब ४० करोड नेपाली रुपैयाँ पनि छिट्टै उपलब्ध गराउने फेङ्हेले प्रतिबद्धता जनाएका छन् ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

यमनको राष्ट्रपति भवन परिसरमा हुथीको आक्रमण, सुरक्षागार्डसहित ५ जनाको मृत्यु

कलङ्कीमा कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढीमा दुई सय घर बगे, ओत खोज्दै स्थानीय

भसभसेमा सडक भासिँदा यातायात सञ्चालनमा समस्या

बूढीगण्डकीमा लेदोसहितको बाढी, केही घर बगाएको आशंका

दोधाराचाँदनीवासीलाई सञ्चार सेवा जोड्न खटिएका असई महाकालीमा बेपत्ता, खोजतलास जारी

पोखरामा विद्यार्थी बोकेको स्कुल बस दुर्घटना

पत्नी हत्यामा अमेरिकन आइडलका पूर्व गायकलाई जन्मकैद

आज ५ प्रदेशका एक-दुई ठाउँमा भारी वर्षाको सम्भावना

रत्नपार्क–भक्तपुर मेट्रो रेल चलाउने सरकारको तयारी, यस्तो छ सञ्चालनको विस्तृत खाका

विद्युतीय गाडीमा यात्रा गर्दा किन लाग्छ वाकवाकी ?

कांग्रेस सभापतिमा उम्मेदवारी दिन ४० हजार रूपैयाँ शुल्क

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL