Breaking News Thursday, 26 Nov, 2020
Prestige Media

अस्ताए फुटबलका जादूगर म्याराडोना

एजेन्सी
अर्जेन्टिनालाई फुटबलबाट विश्वभर परिचित गराएका खेलाडी डिएगो म्याराडोनाको बुधबार निधन भएको अर्जेन्टिनामा तीन दिनको राष्ट्रिय शोक घोषणा गरिएको छ । ६० वर्षका म्याराडोनाले निधन भएको थियो ।
म्याराडोनाको पार्थिव शरीरलाई राष्ट्रपति कार्यालय कासा रोसारामा राखिएको छ भने त्यहाँ तीन दिनसम्म मानिसले श्रद्धाञ्जली अर्पण गर्नेछन् ।
म्याराडोनाका टिमका साथी ओहवाल्दो अर्बिलेसले जति मानसम्मान र प्रशंसा म्याराडोनाले पाए, त्यति आजका फुटबलका सुपरस्टार लियोनेल मेस्सी र क्रिस्टियानो रोनाल्डोले पनि नपाएको बताएका छन् ।
फुटबल जगत्का थुप्रै हस्तीले म्याराडोनालाई श्रद्धाञ्जली दिएका छन् । यीमध्ये मेस्सी, रोनाल्डोदेखि ब्राजिलका महान् खेलाडी पेलेसमेत छन् ।
पेलेले श्रद्धाञ्जलीमा भने, ‘मैले एक नजिकका साथीलाई गुमाएको छु र संसारले एक महान् खेलाडी गुमाएको छ । मलाई आशा छ, एक दिन हामी स्वर्गमा सँगै फुटबल खेल्नेछौं ।’

म्यान्चेस्टर सिटीका म्यानेजर पेप गुआर्डियेलोले म्याराडोनाले विश्व फुटबललाई थप उत्कृष्ट बनाएको बताएका छन् ।
अर्बिलेसले बीबीसीसँगको कुराकानीमा भने, ‘म्याराडोना असाध्यै उत्कृष्ट थिए । तर, उनले त्यति सजिलै यी सब हासिल गरेका होइनन् । जीवनको सुरुवाती दिन म्याराडोनाका लागि निकै कठिन थिए । उनको बाल्यकाल कुनै साधारण बच्चाको जस्तो थिएन र किशोरावस्था पनि सामान्य थिएन । जो कोही उनीसँग हुन चाहन्थे, जो पनि उनी आफूलाई जोड्न चाहन्थे र यो सबै निकै मुस्किलले भरिएको थियो ।’
अर्बिलेसका अनुसार मानिसहरु पोर्चुगलका स्ट्राइकर रोनाल्डोलाई रुचाउन् वा अर्जेन्टिनाका फरवर्ड मेस्सीलाई मन पराउन् तर उनीहरु म्याराडोनाले पाएको सफलता सपनामा पनि पाउन सक्दैनन् । म्याराडोनाको चमत्कार सदावहार छ ।

अहिले म्याराडोनाको शवको पोस्टमार्टम हुन बाँकी छ । स्थानीय समयानुसार म्याराडोनाको निधन बुधबार दिउँसो ब्युनसआयर्सको टाइगर सहरस्थित उनको घरमा भएको हो ।
म्याराडोनाको यो महिनाको सुरुमा मस्तिष्कबाट जमेको रगत निकाल्ने सफल शल्यक्रिया भएको थियो । रक्सीको लतबाट मुक्तिका लागि पनि उनको उपचार चलिरहेको थियो ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

यी स्थानमा हल्का वर्षाको सम्भावना

यमनको राष्ट्रपति भवन परिसरमा हुथीको आक्रमण, सुरक्षागार्डसहित ५ जनाको मृत्यु

कलङ्कीमा कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढीमा दुई सय घर बगे, ओत खोज्दै स्थानीय

भसभसेमा सडक भासिँदा यातायात सञ्चालनमा समस्या

बूढीगण्डकीमा लेदोसहितको बाढी, केही घर बगाएको आशंका

दोधाराचाँदनीवासीलाई सञ्चार सेवा जोड्न खटिएका असई महाकालीमा बेपत्ता, खोजतलास जारी

पोखरामा विद्यार्थी बोकेको स्कुल बस दुर्घटना

पत्नी हत्यामा अमेरिकन आइडलका पूर्व गायकलाई जन्मकैद

आज ५ प्रदेशका एक-दुई ठाउँमा भारी वर्षाको सम्भावना

रत्नपार्क–भक्तपुर मेट्रो रेल चलाउने सरकारको तयारी, यस्तो छ सञ्चालनको विस्तृत खाका

विद्युतीय गाडीमा यात्रा गर्दा किन लाग्छ वाकवाकी ?

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL